‘लाहुरलाई दुई तरिकाले बुझेकी छु’ - Naya Online

‘लाहुरलाई दुई तरिकाले बुझेकी छु’

jharana-thapaझरना थापा (अभिनेत्री)
प्युठानमा जन्मिएर बाल्यकाल दाङमा बिताई कर्मथलो काठमाडौं बनाएकी झरना थापा विवाह गर्नु अघि राजभण्डारी हुनुहहुन्थ्यो । सानैदेखि चञ्चले अनि छुच्ची स्वभावकी झरना पहिला आफू अभिनेत्री बन्छु भन्ने नसोचेको बताउनुहुन्छ । दाङबाट एसएलसी गरेपछि उच्चशिक्षाको लागि काठमाडौ आएपछि उहाँको कला यात्रा शुरूवात भएको हो । उहाँभन्दा केहि समय अगाडिका जल शाह, बिपना थापा, निरुता सिंह, अरुणिमा लम्सल आज चलचित्र क्षेत्रभन्दा बाहिर नै छन् । उहाँभन्दा पछाडीका पनि थुप्रै यो क्षेत्रबाट विस्थापित भइसकेका छन् । तर उहाँ आजसम्म निरन्तर चलचित्र क्षेत्रमै सक्रिय रूपमा लागिरहनु भएको छ । उहाँसँग द गोर्खाजको लागि गरिएको कुराकानी ।

आजकल केमा व्यस्त हुनुहुन्छ ।
मेरो आफ्नो होम प्रोडक्सनको चलचित्र ‘ए मेरो हजुर–२’ र अन्य दुई चलचित्र चलचित्रहरूको काम गर्दैछु ।

कति वटा चलचित्रमा काम गरि सक्नु भयो ?
सयभन्दा धेरै चलचित्र र धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छु । केहि डकुमेन्ट्री र भोजपुरी चलचित्रमा समेत काम गरिसकेकी छु ।

बाल्यकाल कहाँ र कसरी बित्यो ?
मेरो जन्म चाहीँ प्युठानमा भए पनि बाल्यकाल दाङमा बित्यो । पछि कक्षा ५ सम्म काठमाडौको सिद्धार्थ वनस्थलीमा पढे । एसएलसी दाङबाटै गरे । अनि फेरि काठमाडौ आएर कलेज ज्वाइन गरेर ब्याचलर सम्म पढे । यस्ता दिनहरूको याद आज पनि आउने गर्छ ।
बाल्यकालका धेरै कुराको सम्झना छ । बच्चा हुँदा बदमास गरेको याद आउँछ । सानोमा म झोक्की स्वभावकी थिएँ । बलियो छु जस्तो पनि लाग्थ्यो । केटाहरूले जिस्कायो भने झगडा गरिहाल्थे । अनि सानो सानो ढुङ्गा, ईटाको घर बनाएर कुकुरलाई राख्ने अनि घर भत्काइ दिने अनि कुकुर कराउदै भाग्थो हामी चै भुईचालो ! भुईचालो भन्दै भागेजस्तो गरिन्थ्यो । स्कुल पढ्दा, कलेज पढ्दाको दिनहरू याद आउँछ । होस्टेल बस्दा पेटभरी खाना नपाएको, सबैको आफन्त भेट्नु आउने तर हाम्रो ६÷६ महिनामा मात्र भेट्न आउनुहुँदा अलि न्यास्रो लाग्थ्यो ।
भाई र म मात्रै भएको बेला बुबाममीलाई पनि पछि यसरी नै टाढा राख्नुपर्छ भनेर सल्लाह गथ्र्यौ । म आफू नखाइ नखाइ पनि मेरो भागको अन्डा र रोटी दिन्थेँ ।

कला क्षेत्रमा आउने कसरी मोह जाग्यो ?
त्यस्तो खासै केहि कुरा पनि छैन । सिम्पल छ । म बच्चामा सिम्प्ली सोच्थे । मेरो सानो ममी राधा मल्ल नविल बैंकमा काम गर्नु हुन्थ्यो । उहालाई जहिले पनि टाइम टेबलमा साडी लगाएर अफिस गको देख्थे । त्यो देखेर मलाई पनि बैंकर बन्न मन लाग्थ्यो । एक्टर बन्छु भनेर कहिले पनि सोचिनँ । तर कोठाभित्र क्यासेट बजाएर मज्जाले नाच्थेँ र साथीहरूको अगाडी पनि मज्जाले नाच्थेँ । उनिहरू पनि दङ्ग पर्थे । तर कहिले पनि कुनै कार्यक्रममा भाग लिइनँ । कलेज लाइफमा नृत्य र सङ्गीत विषय लिएर पढ्नुपर्दो रहेछ । तर मलाइ पहिला थाहा थिएन । अनि साथीहरूसँग नृत्य विषय एउटा छानौ न त भनेर छान्यौं । कक्षा शिक्षकहरूले नृत्य सिकाउँदा र क्याम्पसको कार्यक्रम हुँदा म मज्जाले नाची दिन्थे र सबै जनाले राम्रो नाच्छौ भन्नु हुन्थ्यो । प्रतियोगितामा पनि प्रथम हुने, त्यस्तो देखेर सबै जनाले ‘त राम्रो नाच्छेस्, राम्री छेस् हिरोइन बन’ भनेर भन्नु हुन्थ्यो । एक जना सम्झना रौनियार हुनु हुन्थ्यो, उहाँले जहिले पनि कलाकार बन्नु पर्छ । हिरोइन बन्नु पर्छ भनेर मलाइ घच्घच्याइ रहनु हुन्थ्यो, र त्यो बेला नृत्य प्रतियोगितामा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिहरूको हातबाट पुरस्कार पाएँ । यिनै कुराहरूले मलाइ यो क्षेत्रमा आउन प्रेरित ग¥यो । पहिलो पटक ‘दाइजो’ फिल्ममा सहनायिकाको रूपमा काम गरे । त्यसरी म यो क्षेत्रमा आइपुगेँ ।

त्यससमयमा प्रेम प्रस्ताव त धेरै आउथ्यो होला नि हैन ?
पक्कै पनि, प्रेम प्रस्ताव त फिल्म क्षेत्रमा आउनु भन्दा अगाडि नै धेरै आउथ्यो । सबै जनाले मन पराउने, झरना तिमी राम्री छौ, आइलभयु भनेर लेख्ने गर्दथ्यो । एकदिन एउटाले ‘झरना + …..’ लेखेछ, यो देखेर म तीन दिनसम्म स्कुल नै गइनँ । यसरी धेरैले मन पराउने माया गर्ने गर्नु हुन्थ्यो । प्रपोज त एकदम धेरै नै आउथ्यो ।

पहिलो प्रेम कोसँग भएको थियो ? भन्न मिल्छ ?
पहिलो प्रेम भनेर मलाइ चाही मन पराउने त्यो टाइममा धेरै नै थिए । मानवीय स्वभाव नै हो, उमेर भएपछि माया प्रेम गर्ने र तर त्यसको रिलेसन के कति र कहाँसम्म हुन्छ भन्ने मात्र हो । मलाई पनि एकजना मन पर्ने साथी थियो तर उ संग प्रेम हुन सकेन त्यसपछि सुनिलजीसँग नै मैले पहिलो प्रेम गरेँ । उहाँसँग नै मेरो पहिलो प्रेम हो र उहाँसँगै बिहे पनि गरेँ ।

पहिलो फिल्मबाट कति पारिश्रमिक पाउनु भयो त ?
मेरो पहिलो चलचित्र ‘दाइजो’मा सहनायिकाका रूपमा काम गरेको हँुदा खासै पैसा पाएँजस्तो लाग्दैन । त्यसपछि ‘धर्मसंकट’मा काम गरेँ र अर्को ‘गोर्खाली’ चलचित्रमा काम गरेपछि ‘जीवनसाथी’ भन्ने चलचित्रमा काम गरे पछि ३५ हजार पाएकी थिएँ ।

नेपाली चलचित्रको ब्यापार घट्दो अवस्थामा छ । यस्तो अवस्थामा होम प्रोडक्सनलाई कसरी चलाइरहनु भएको छ ?
सबैभन्दा पहिला त दर्शकको साथ र सहयोग पाएकी छु । आफूले कसरी चलचित्र व्यवस्था गर्ने भन्ने ठिक्क लगानी नडुब्ने हिसाबमा गरिन्छ । तर पनि घट्दो व्यापार व्यावसाय छ । यसले मलाई मात्रै नभई सम्पुर्ण फिल्म इन्डस्ट्रीलाई घाटा पारेको छ । नाका बन्दी र भुकम्पको कारणले पनि यस क्षेत्र डुबेको छ तर पनि हरेश खानु हुँदैन । म पनि हारेको छुइनँ । नाफा र घाटा त व्यापारमा भई नै रहन्छ ।

तपाईलाई चलचित्र क्षेत्रमा कहिलेसम्म देख्न पाइएला ?
मलाइ नायिकाको रूपमा नदेखिए पनि कुनै न कुनै तरिकाले नेपाली चलचित्र क्षेत्रमा म जब सम्म रहन्छु त्यो बेलासम्म म फिल्मको पर्दामा आइरहने छु ।

चलचित्र छायांकनको दौरान कुनै अविष्मरणीय घटेको घटनाको याद छ ?
‘आज बाह्र हाते पटुकी’ भन्ने गीतको सुटिङ्को लागी हामी गोवा पुगेका थियौ । त्यही सुटिङको क्रममा म चिप्लिएर मेरो खुट्टा चट्टानमा ठोक्किएर फ्याक्चर भयो । डाक्टरले १५ दिन रेस्ट गर्ने सल्लाह दिए पनि हामीसंग समय नभएकोले पेन किलर खाएर मैले काम गरेको छु । आज पनि नियालेर हेर्यो भने त्यहाँ मेरो एउटा खुट्टा सानो र अर्को खुट्टा ठुलो देख्न सक्नुहुन्छ । अनि ‘कहाँ छौ कहाँ’ भन्ने फिल्म सुटिङको लागि नेपालगञ्ज जाँदै गर्दा हाम्रो सवारीसाधन दुर्घट्नामा प¥यो । यस्ता धेरै नै अविस्मरणीय क्षणहरू छन् ।

नेपाली युवाहरू लाहुर र विदेशमा छन् । उनीहरूलाई तपाइ के भन्नु हुन्छ ?
हाम्रो नेपाली दाजुभाइहरू जो जहाँ जस्तो अवस्थामा रहे पनि आफ्नो कला संस्कृतिलाई माया गर्नुहोस् । हामी कलाकारहरूलाइ नबिर्सिनुहोस्, भन्न चाहन्छु ।

‘लाहुर’लाई कसरी बुझ्नुभएको छ ?
यसलाई मैले नेगेटिभ पोजेटिभ दुबै तरिकाले हेरेकी छु । कोही रहरले गएका होलान् त कोही बाध्यताले गएका होलान् । तर, जो जसरी गए पनि उहाँहरूले कमाएको पैसा त मेरै देशमा आएको छ । यहि विदेशबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ । र, अर्को कुरो आफ्नो देशलाई बनाउने युवाशक्ति विदेश पलायन भएकोमा दुःख पनि लाग्छ ।

अन्त्यमा  केही भन्न चाहनु हुन्छ कि ?
आजसम्म झरना थापा खुल्ला किताब जस्तै भइसकेकी छे । अब मेरो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर–२’ चाडै आउँदैछ । सबैजनाले नेपालीपन र मनले चलचित्र हेरिदिनुहोस्, माया गरिदिनुहोस् । यहि नै भन्न चाहन्छु ।

प्रस्तुतिः इन्द्र जिजीविषा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...