संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक: देउवा - Naya Online

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक: देउवा

भक्तपुर, २४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताउनुभएको हो ।

सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, तब मात्र संविधानको सफल कार्यान्वयन हुन्छ ।”

“ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन,” देउवाले भन्नुभयो ।

ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको काँधका आएको बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सरकारले चासो दिएन । संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार छ ।”

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्मघाती भएको बताउनुभयो ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य डा प्रकाशशरण महतले भन्नुभयो, “कुरा मात्रै गर्ने काम नगर्ने सपना बाँडेर बस्ने लल्लु सरकार भएकाले अहिले देश विकास नभएको हो ।”

त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले काँग्रेसले अब सरकारको नेतृत्वको भूमिका लिन अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेधा मावि कक्षा १० की अनु नायबालाई रु १० हजार, मेधाकै कक्षा ८ का कृष्ण ध्वजूलाई रु नौ हजार, बागेश्वरी उमावि कक्षा ६ की सृजना ङाखुसी, देउजा गाउँ निमावि कक्षा ५ का रुपेश दुलाललाई जनही नगद रु पाँच हजारको छात्रवृत्ति पनिे उहाँले प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सहिद, प्रजातन्त्र र शिक्षा’ शीर्षकको वक्तृत्वकलामा प्रथम हुने नर्थ इस्ट इङ्लिस स्कुलकी नितिशा आचार्य, दोस्रो हुने मोर्डन उमाविकी सोनिसा राउत, तृतीय हुने विनायक शिक्षा निकेतनकी अशोक नेपाल र सान्त्वना पुरस्कार पाउने मनकामना इङलिस स्कुलकी अनुजा खड्कालाई क्रमशः रु सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारत्र प्रदान गरिएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...