दादुरा, रुबेला खोप अभियान अन्तिम चरणमा - Naya Online

दादुरा, रुबेला खोप अभियान अन्तिम चरणमा

काठमाडौँ, १७ फागुन । दादुरा रुबेला खोप अभियानअन्तर्गत ३४ लाख बालबालिकालाई खोप दिइने कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
गत साउन २९ गतेबाट प्रारम्भ भएको अभियान ६८ जिल्लामा सफलतापूवर्क सम्पन्न भएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
देशभर चार चरणमा नौदेखि पाँच वर्ष उमेरका बालबालिकालाई खोप दिइने कार्यक्रमअन्तर्गत अब चैतको पहिलो साताबाट अन्तिम चरणको कार्यक्रमअन्तर्गत उच्च हिमाली भेगका सात जिल्लामा खोप अभियान सुरु गरिने बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।
सरकारले दादुरा रुबेला खोपमार्फत दादुरा, रुबेला र केन्जेनिटल रुबेला सिन्ड्रम हुने सङ्ख्या घटाउन र यसबाट हुने मृत्युदर घटाउन अभियान चलाएको हो ।
गौतमका अनुसार अन्तिम चरणमा उच्च हिमाली भेगका हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनाङ र मुस्ताङ र सोलुखुम्बु रहेका छन् ।
नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणको रुपमा रहेको दादुरा धेरै छिटो सर्ने सङ्क्रमण रोग भएकाले खोपलाई अभियानका रुपमा सञ्चालन गरिएको हो ।
नेपालले सन् २००४÷२००५ मा दादुरा खोप अभियान सञ्चालन गर्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनले २०२० सम्ममा दादुरा रोगको निवारण र रुबेला रोगको नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको छ भने नेपालले भने लक्ष्य सन् २०१९ सम्म पूरा गर्ने लक्ष्य लिएको छ ।
अभियानको पहिलो चरणमा गत वैशाखको भूकम्पबाट अति प्रभावित १४ जिल्ला गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौँ र ओखलढुङ्गा जिल्लामा खोप अभियान सञ्चालन गरिएको थियो ।
दोस्रो चरणअन्तर्गत ३३ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी, बझाङ, बाजुरा, अछाम, कालीकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्यादी जिल्लामा सञ्चालन गरिएको थियो ।
त्यसैगरी तेस्रो चरणमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, खोटाङ, उदयपुर, सिरहा, सप्तरी, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ जिल्ला अभियानमा सञ्चालन गरिएको थियो ।
अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उमभोग दर वृद्धि गर्ने उद्देश्य रहेको गौतमले बताउनुभयो ।
सरकारले आगामी वैशाखको पहिलो साताबाट एक वर्षदेखि १५ वर्ष उमेर समूहका ४५ लाख व्यक्तिलाई जापानीज इन्सेफ्लाइटिस् खोप पनि लगाउने अभियान सञ्चालन गर्न लागेको छ ।
गौतमका अनुसार हिमाली र पहाडी गरी ४७ जिल्लामा यो अभियान सुरु गर्न लागेको हो ।
बाँकी जिल्लामा नियमित खोप कार्यक्रममा नै खोप दिइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । खोप दिइने झापा, मोरङ र सुनसरी जिल्लामा भने थप कार्यक्रमअन्तर्गत खोप दिइने महाशाखाले जनाएको छ ।
कार्यक्रम एक महिनासम्म सञ्चालन हुने छ । गौतमले भन्नुभयो– “रोगको सम्भावनालाई रोक्न हिमाली र पहाडी जिल्लामा पनि खोप सञ्चालन गर्न लागिएको हो ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...