दादुरा, रुबेला खोप अभियान अन्तिम चरणमा - Naya Online

दादुरा, रुबेला खोप अभियान अन्तिम चरणमा

काठमाडौँ, १७ फागुन । दादुरा रुबेला खोप अभियानअन्तर्गत ३४ लाख बालबालिकालाई खोप दिइने कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
गत साउन २९ गतेबाट प्रारम्भ भएको अभियान ६८ जिल्लामा सफलतापूवर्क सम्पन्न भएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
देशभर चार चरणमा नौदेखि पाँच वर्ष उमेरका बालबालिकालाई खोप दिइने कार्यक्रमअन्तर्गत अब चैतको पहिलो साताबाट अन्तिम चरणको कार्यक्रमअन्तर्गत उच्च हिमाली भेगका सात जिल्लामा खोप अभियान सुरु गरिने बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।
सरकारले दादुरा रुबेला खोपमार्फत दादुरा, रुबेला र केन्जेनिटल रुबेला सिन्ड्रम हुने सङ्ख्या घटाउन र यसबाट हुने मृत्युदर घटाउन अभियान चलाएको हो ।
गौतमका अनुसार अन्तिम चरणमा उच्च हिमाली भेगका हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनाङ र मुस्ताङ र सोलुखुम्बु रहेका छन् ।
नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणको रुपमा रहेको दादुरा धेरै छिटो सर्ने सङ्क्रमण रोग भएकाले खोपलाई अभियानका रुपमा सञ्चालन गरिएको हो ।
नेपालले सन् २००४÷२००५ मा दादुरा खोप अभियान सञ्चालन गर्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनले २०२० सम्ममा दादुरा रोगको निवारण र रुबेला रोगको नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको छ भने नेपालले भने लक्ष्य सन् २०१९ सम्म पूरा गर्ने लक्ष्य लिएको छ ।
अभियानको पहिलो चरणमा गत वैशाखको भूकम्पबाट अति प्रभावित १४ जिल्ला गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौँ र ओखलढुङ्गा जिल्लामा खोप अभियान सञ्चालन गरिएको थियो ।
दोस्रो चरणअन्तर्गत ३३ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी, बझाङ, बाजुरा, अछाम, कालीकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्यादी जिल्लामा सञ्चालन गरिएको थियो ।
त्यसैगरी तेस्रो चरणमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, खोटाङ, उदयपुर, सिरहा, सप्तरी, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ जिल्ला अभियानमा सञ्चालन गरिएको थियो ।
अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उमभोग दर वृद्धि गर्ने उद्देश्य रहेको गौतमले बताउनुभयो ।
सरकारले आगामी वैशाखको पहिलो साताबाट एक वर्षदेखि १५ वर्ष उमेर समूहका ४५ लाख व्यक्तिलाई जापानीज इन्सेफ्लाइटिस् खोप पनि लगाउने अभियान सञ्चालन गर्न लागेको छ ।
गौतमका अनुसार हिमाली र पहाडी गरी ४७ जिल्लामा यो अभियान सुरु गर्न लागेको हो ।
बाँकी जिल्लामा नियमित खोप कार्यक्रममा नै खोप दिइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । खोप दिइने झापा, मोरङ र सुनसरी जिल्लामा भने थप कार्यक्रमअन्तर्गत खोप दिइने महाशाखाले जनाएको छ ।
कार्यक्रम एक महिनासम्म सञ्चालन हुने छ । गौतमले भन्नुभयो– “रोगको सम्भावनालाई रोक्न हिमाली र पहाडी जिल्लामा पनि खोप सञ्चालन गर्न लागिएको हो ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...