बक्यौता रकम उठ्न थाल्यो - Naya Online

बक्यौता रकम उठ्न थाल्यो

काठमाडौँ, १७ फागुन । पछिल्लो समय नगरवासीले निर्माण सम्पन्न प्रमाणपत्र लिन थालेपछि काठमाडौँ महानगरपालिकाको यस शीर्षकमा रहेको बक्यौता रकम उठ्न थालेको छ ।
गत असोज महिनादेखि महानगरपालिकाले अनिवार्य रुपमा निर्माण सम्पन्न प्रमाणपत्र लिनुपर्ने नियम बनाएपछि बक्यौता रकम उठ्न थालेको राजस्व महाशाखाले जनाएको छ । महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार मानिसहरुले नक्सापास गर्नको लागि नगरपालिका आउने तर, निर्मााण सम्पन्न भएछि प्रमाणपत्र लिन चासो नदिएकाले पछिल्लो समय महानगरपालिकाले कडाइका साथ यस नियमलाई लागू गरिरहेको छ ।
नियमित रुपमा निर्माण सम्पन्न प्रमाणपत्र लिने हो भने वार्षिक रुपमा रु पाँच लाख रकम उठ्ने भए पनि लामो समयसम्म पनि प्रमाणपत्र नलिँदा जरिवाना लिई रकम असुल गरेका कारण आर्थिक कारोबार बढेको काफ्ले बताउनुहुन्छ । कुनै पनि घर निर्माण सकेपछि निर्माण सम्पन्न प्रमाणपत्र नलिएको हकमा भने घरधनीले सो घर बेच्न, बैँकमा राखी पैसा निकाल्न, बीमा गर्न हस्तान्तरण गर्न र नामसारी समेत गर्न नपाउने नियम रहेको छ । नियम अनुसार निर्माण सम्पन्न प्रमाणपत्र निर्माण सकिएको वर्षनै लिनुपर्ने हुन्छ ।
महानगरपालिका भित्र अधिकांश घरले निर्माण सम्पन्न प्रमाणपत्र नलिँदा समस्या भएको छ । स्वीकृत नक्सा विपरीत रही घर निर्माण गर्दा नगरवासी निर्माण सम्पन्न प्रमाणपत्र लिन आउँदैनन् । महानगरपालिकाले नक्साअनुसार निर्माण भएका घरको लागि मात्र यस किसिमको प्रमाणपत्र दिने गर्छ । महानगरपालिकामा वार्षिक तीन हजार घर निर्माणको लागि निवेदन आउने गर्दछ भने करिब दुईहजार २०० घरको मात्र नक्सा स्वीकृत हुने गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...