बक्यौता रकम उठ्न थाल्यो - Naya Online

बक्यौता रकम उठ्न थाल्यो

काठमाडौँ, १७ फागुन । पछिल्लो समय नगरवासीले निर्माण सम्पन्न प्रमाणपत्र लिन थालेपछि काठमाडौँ महानगरपालिकाको यस शीर्षकमा रहेको बक्यौता रकम उठ्न थालेको छ ।
गत असोज महिनादेखि महानगरपालिकाले अनिवार्य रुपमा निर्माण सम्पन्न प्रमाणपत्र लिनुपर्ने नियम बनाएपछि बक्यौता रकम उठ्न थालेको राजस्व महाशाखाले जनाएको छ । महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार मानिसहरुले नक्सापास गर्नको लागि नगरपालिका आउने तर, निर्मााण सम्पन्न भएछि प्रमाणपत्र लिन चासो नदिएकाले पछिल्लो समय महानगरपालिकाले कडाइका साथ यस नियमलाई लागू गरिरहेको छ ।
नियमित रुपमा निर्माण सम्पन्न प्रमाणपत्र लिने हो भने वार्षिक रुपमा रु पाँच लाख रकम उठ्ने भए पनि लामो समयसम्म पनि प्रमाणपत्र नलिँदा जरिवाना लिई रकम असुल गरेका कारण आर्थिक कारोबार बढेको काफ्ले बताउनुहुन्छ । कुनै पनि घर निर्माण सकेपछि निर्माण सम्पन्न प्रमाणपत्र नलिएको हकमा भने घरधनीले सो घर बेच्न, बैँकमा राखी पैसा निकाल्न, बीमा गर्न हस्तान्तरण गर्न र नामसारी समेत गर्न नपाउने नियम रहेको छ । नियम अनुसार निर्माण सम्पन्न प्रमाणपत्र निर्माण सकिएको वर्षनै लिनुपर्ने हुन्छ ।
महानगरपालिका भित्र अधिकांश घरले निर्माण सम्पन्न प्रमाणपत्र नलिँदा समस्या भएको छ । स्वीकृत नक्सा विपरीत रही घर निर्माण गर्दा नगरवासी निर्माण सम्पन्न प्रमाणपत्र लिन आउँदैनन् । महानगरपालिकाले नक्साअनुसार निर्माण भएका घरको लागि मात्र यस किसिमको प्रमाणपत्र दिने गर्छ । महानगरपालिकामा वार्षिक तीन हजार घर निर्माणको लागि निवेदन आउने गर्दछ भने करिब दुईहजार २०० घरको मात्र नक्सा स्वीकृत हुने गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...