हत्याको विरोधमा व्यवसायी विरोधमा - Naya Online

हत्याको विरोधमा व्यवसायी विरोधमा

कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् ।
आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध गरिएको कलुवापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष जयबहादुर विष्टले बताउनुभयो ।
व्यवसाय गरेर बसेका होटेल व्यवसायी माथि होटलभित्रै हत्या हुनु दुर्भाग्य हो उहाँले भन्नुभयो, “शोक र विरोधमा बजार बन्द गरेका छौँ ।”
व्यवसायीले साङ्केतिकरुपमा कलुवापुर बजार क्षेत्रको पूर्व पश्चिम राजमार्गमा आधा घन्टा धर्नासमेत दिएका छन् ।
घटनास्थलमा पुगेका महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले व्यवसायीलाई तत्काल हत्यारा पत्ता लगाउने, शान्ति सुरक्षाको प्रत्याभूत गर्ने र प्रहरीको बिट कलुवापुर बजार क्षेत्रमा राख्ने आश्वासन दिएपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...