हत्याको विरोधमा व्यवसायी विरोधमा - Naya Online

हत्याको विरोधमा व्यवसायी विरोधमा

कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् ।
आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध गरिएको कलुवापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष जयबहादुर विष्टले बताउनुभयो ।
व्यवसाय गरेर बसेका होटेल व्यवसायी माथि होटलभित्रै हत्या हुनु दुर्भाग्य हो उहाँले भन्नुभयो, “शोक र विरोधमा बजार बन्द गरेका छौँ ।”
व्यवसायीले साङ्केतिकरुपमा कलुवापुर बजार क्षेत्रको पूर्व पश्चिम राजमार्गमा आधा घन्टा धर्नासमेत दिएका छन् ।
घटनास्थलमा पुगेका महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले व्यवसायीलाई तत्काल हत्यारा पत्ता लगाउने, शान्ति सुरक्षाको प्रत्याभूत गर्ने र प्रहरीको बिट कलुवापुर बजार क्षेत्रमा राख्ने आश्वासन दिएपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...