ग्यास आयातमा सामान्य वृद्धि - Naya Online

ग्यास आयातमा सामान्य वृद्धि

lp-gas-477x400पर्सा, १७ फागुन । वीरगन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ ।
भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हँुदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११÷१२ बुलेटबाट बढेर १९÷२० बुलेट पुगेको छ । माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा उक्त सङ्ख्यामा वृद्धि गरी प्रतिदिन १९ देखि २० बुलेट उपलब्ध गराएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत लोकराज पन्तले जानकारी दिनुभयो ।

माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा वीरगन्ज नाकाबाट १८८ बुलेट ग्यास भित्रिएको तुलनामा फागुन १३ गतेदेखि १६ गतेसम्मको चार दिनमा मात्र ७९ बुलेट ग्यास भित्रिएको छ । सहज अवस्थामा वीरगन्ज नाकाबाट दैनिक ३० देखी ४० बुलेट खाना पकाउने ग्यास भित्रिएको थियो ।

यसैबीच वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा समेत सामान्य सुधार आएको भन्सारले जनाएको छ । माघ २५ गतेदेखि फागुन १६ गतेसम्ममा सो नाकाबाट तीन करोड ५० लाख ९२ हजार लिटर इन्धन भित्रिएको छ । आयात सुचारु भएको २४ दिनमा डिजेल दुई करोड १४ लाख ३० हाजर लिटर, पेट्रोल ८३ लाख ९६ हजार लिटर, हवाई इन्धन ४९ लाख ६२ हजार लिटर र मट्टितेल तीन लाख चार हजार लिटर भित्रिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...