पत्रकार थापाको निधन - Naya Online

पत्रकार थापाको निधन

नवलपरासी, १७ फागुन । नवलपरासीका पत्रकार महेशबहादुर थापाकोे ६६ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगको बिरामी थापाको रामग्राम–३ स्थित आफ्नै निवासमा आइतबार निधन भएको थियो ।

नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका संस्थापक सदस्य हुँदै कोषाध्यक्षसमेत रहनुभएका थापाले लुम्बिनी अञ्चलकै पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन छ ।

परासीबाट प्रकाशित हुने पाल्ही सन्देशबाट पत्रकारिता सुरु गर्नुभएका थापा देशान्तर हुँदै विभिन्न पत्रिकासहित विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

थापाका दुई छोरा र दुई छोरी छन् । थापाको आइतबार नै त्रिवेणीधाममा अन्तष्टि गरिएको थियो ।

यसैबीच थापाको निधनप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पेसागत सङ्घ सङ्गठनले विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै थापाको निधनले सिङ्गो पत्रकारिता जगत्मा अपुरणीय क्षति पुगेको जनाएका छन् ।

यसैबीच, काँग्रेसको पुराना कार्यकर्ता साथै नेपाली काँग्रेस नवलपरासीका पूर्व कार्यालय सचिवसमेत रहनुभएका थापाको निधनलाई पार्टीमा ठूलो क्षति पुगेको पार्टी सभापति विष्णु लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

कोशी लेखिएको लेटरप्याड, बोर्ड नचलाउन पालिकालाई आग्रह

पाँचथर, २० चैत । पाँचथरको कुम्मायक गाउपालिकामा प्रदेश नम्बर १ को कोशी नामाङ्कन खारेज...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले

काठमाडौं -१ नम्बर प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन् । पाथीभरा बहुमुखी क्याम्पसको...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...