पत्रकार थापाको निधन - Naya Online

पत्रकार थापाको निधन

नवलपरासी, १७ फागुन । नवलपरासीका पत्रकार महेशबहादुर थापाकोे ६६ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगको बिरामी थापाको रामग्राम–३ स्थित आफ्नै निवासमा आइतबार निधन भएको थियो ।

नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका संस्थापक सदस्य हुँदै कोषाध्यक्षसमेत रहनुभएका थापाले लुम्बिनी अञ्चलकै पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन छ ।

परासीबाट प्रकाशित हुने पाल्ही सन्देशबाट पत्रकारिता सुरु गर्नुभएका थापा देशान्तर हुँदै विभिन्न पत्रिकासहित विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

थापाका दुई छोरा र दुई छोरी छन् । थापाको आइतबार नै त्रिवेणीधाममा अन्तष्टि गरिएको थियो ।

यसैबीच थापाको निधनप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पेसागत सङ्घ सङ्गठनले विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै थापाको निधनले सिङ्गो पत्रकारिता जगत्मा अपुरणीय क्षति पुगेको जनाएका छन् ।

यसैबीच, काँग्रेसको पुराना कार्यकर्ता साथै नेपाली काँग्रेस नवलपरासीका पूर्व कार्यालय सचिवसमेत रहनुभएका थापाको निधनलाई पार्टीमा ठूलो क्षति पुगेको पार्टी सभापति विष्णु लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...