‘कलाभित्र त्रिमूर्ति हुन्छ । नाम, इनाम र इज्जत ।’– निराजन खत्री - Naya Online

‘कलाभित्र त्रिमूर्ति हुन्छ । नाम, इनाम र इज्जत ।’– निराजन खत्री

12782278_10153565957704092_2093816082_nरामेछाप जिल्ला मन्थली नगरपालिका ५ का स्थायी वासिन्दा हुन् उदीयमान कलाकर्मी निराजन खत्री । पिता हर्कबहादुर खत्री माता राधिका खत्रीको कोखबाट वि.सं २०४८ असार २७ गते जन्मिएका खत्रीले नेपाली गायन, कोरियोग्राफर र म्युजिक भिडियोमा चर्चा कमाउँदै आएका छन् । उनी अहिले आफ्नो पछिल्लो गति ‘केस झरेर फुरूरू’ को प्रमोशनका सिलसिलामा रामेछाप पुगेका छन् । यसै अवसरमा कुमार यात्रीले उनीसँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

कला जीवनको आरम्भ कसरी भयो ?
– कला जीवनको आरभ्म उत्प्रेरणाबाट भयो ।
कसको उत्प्रेरणाले ?
–जीवन उत्सर्गले । यो कला जीवनको आरम्भ भएको हो ।
यही क्षेत्र रोज्नुको कारण के हो ?
– वातावरण ।
भन्नाले ?
– साथीभाइ, इष्टमित्र सानैदेखिको सौख । वातावरण नै यस्तै भयो ।
अहिलेसम्म के पाउनु भयो ? के गुमाउनु भयो ?
– सन्तुष्टि भन्ने चिज पाए र समय भन्ने चिज गुमाएँ ।
यो जवाफ त अलिक क्लासिक भएन र भन्या ?
– भएन । कसरी हुन्छ ? मलाई भन्नु न । सन्तुष्टि भन्ने चिज पाएको छु । समय भन्ने चिज गुमाएको छु । यो कन्टेम्पोरोरी हो ।
जस्तै ?
– समय गुमाउनुको कारण तपाईंको । यो उमेरमा चाहिँ फिप्टी वान चिजहरू मैले उपभोग गरिसक्नु पर्ने थियो । बाहिरी संसारमा भन्दा । नेपालमा सानो उमेरको मान्छेले केही गर्दैन भन्ने छ नि । तर सानै उमेरमा केही गर्नु पर्ने हो । समयको मोल भन्ने चिज अलि अगाडि नै थाहा पाएको भए । जीवन जिउनुको मजा नै छुट्टै हुन्थ्यो ।
अहिले भएन र ?
– अहिले भाको मज्जा र त्यो मज्जा छुट्टै छ । पिएरिङ् भएन । जतिखेर मज्जा थियो । पैसा थियो साथीभाइ चिनेको थिएन । अहिले साथीभाइहरू छन् फाइनान्सिएल कमजोरी छ ।
कलाको साधनाले त्यो भौतिक चिज दिन सक्दैन र ?
– नेपाली परिवेशमा सक्दैन ।
यसलाई कसरी हल गर्न सकिन्छ ?
– नेपाली मानसपटलमा नेपालीहरूको मनस्थिति चेन्ज गर्नु पर्छ – कलाप्रति ।
तपाईं गायक, गीतकार, कोरियोग्राफर त यसो भन्दै हुनुहुन्छ ? अनि भर्खरभर्खर कला क्षेत्रमा लाग्नेहरूले चाहिँ कसरी आफूलाई मेन्टेन गर्न सक्छन् नि ?
– यसभित्र पनि दुईटा क्षेत्र हुन्छ । एउटा संघर्ष । अर्को पैसा । संघर्ष गर्नेहरू झुण्डेको झुण्डै हुन्छन् । तर पैसामा कला किन्नेहरूले झुण्डिनेको टाउकामा थिचिहाल्छन् ।
भनेपछि तपाईंमा अहिले आएर यो क्षेत्र भेगको भयो । यसमा पारि पुग्न गाह्रो छ भन्या हो ?
– भेग होइन । अचम्मको । मान्छेले कलालाई चिन्दैन । मानिसले मानिसको सुन्दरतालाई र पैसालाई मात्र चिन्छ । त्यसैले त कलियुग भनेको हो ।
हामी कुरा गर्न लाग्दैथ्यौं कलाको ? गीत, संगीतको यहाँले त यसलाई भेग बनाइदिनुभयो नि ?
– गहिराइ खोज्दै गएपछि त सतह त भेटिहालिन्छ नि । जो मान्छे कला रुपि समुद्रमा छिर्दै छिर्दैन । छिरेपछि निस्कन चाहिँ मुस्किलै पर्छ । कलाभित्र त्रिमूर्ति हुन्छ । नाम, इनाम र इज्जत ।
अहिले तपाईंले गाउनु भएको गीत नेपाली एफएम् र युटुबमा निकै चर्चित भएका छन् । तिनीहरूका बारेमा अलिकति बताइदिनुहोस् न ।
– पहिलो मेरो गीत एक नजर हो । एक महिनामा यसको भ्युज एक करोड पुगेको थियो । सन्जोगबस् मैले दास्रो गीत लन्च गर्ने तयारी गरिरहेको छु । जसमा गीतकार हुनुहुन्छ मेरा आदरणीय गुरु पेशल आचार्य । गीत स्वयम् म आफैँले गाएको छु । संगीतकार सुरेश अधिकारी हुनुहुन्छ । यसको म्युजिक भिडियो केही समयपछि युटुबमा तपाईंहरूले हेर्न सक्नु हुनेछ । यो कुरा म मेरा तमाम स्रोता र दर्शकलाई अवगत गराउने छु । अर्को सन्दर्भ, एक नजरका बारे । यो गीत धेरै राम्रो छ ।
अबका प्रोग्रामहरू केके रहेका छन् ?
– केस झरेर फुरुरुको म्युजिक भिडियो । साथै दुईवटा नेपाली सिनेमामा मुख्य रोलमा अभिनय गर्ने अफर आएको छ । छिट्टै नै त्यसको तयारीमा लाग्नु पर्ने छ । फेरि अर्कोतर्फ सबैभन्दा ठूलो उपहार स्वास्थ्य हो भन्छन् । ख्याल गर्नै प¥यो ।सबैतिर समयको व्यवस्थापन गरेर अरुअरु कार्ययोजनाहरू तयार गरिँदै छ ।
भनेपछि तपाईंको जीवनका दुई पाटा रै’छन् ? गायन र अभिनय मात्र होइन त ?
– होइन । तीनटा पाटाहरू छन् । जसमा मेरो चाहिँ डान्स नै हो । वल्र्डवाइड धेरै फेमस हुनेवाला छ । नेपालमा पनि यस्को निक्कै क्रेज आउनेवाला छ ।
कसरी ?
– जसरी नेपालमा स्वास्थ्य सम्बन्धी विश्वव्यापी नाराहरू आइरहेका छन् । त्यस्तैगरी सर्वप्रथम ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ । नृत्य भनेको जगत्लाई सम्बोधन गर्ने एक प्रकारको मौन प्रेमपत्र हो । जसरी हरेक व्यक्ति बिहान उठ्ने बित्तिकै शारीरिक व्यायाम गर्न खोज्छ । ऊ शौचालय जान्छ । ब्रस गर्छ । मुख धुन्छ । कपाल कोर्छ । कपडा लगाउँछ । सोच्नुस् त त्यो पनि एक प्रकारको नृत्य हो र तपाईं ऐनामा हेरेर यी सब क्रियाकलाप गर्नुस् । त्यो नै नृत्यको ज्वलन्त उदाहरण हो । त्यो प्रयोग गर्न सकिन्छ अन द स्पट । र प्रत्येक चिज दुई अवस्थामा मूल्यवान् लाग्दछन् एक –पाउनुभन्दा अघि । दुई –गुमाइसके पछि । कोही पनि मानिस गर्भावस्थामै जान्ने भएर आएको हुँदैन । सिकेपछि अवश्य जानिन्छ । त्यसलाई नृत्य भनिन्छ ।
वास्तविक जीवनसँग जोडेर हिसाबको कुनै साध्य प्रमाणित गर्न खोजेजस्तो देखिन्छ नि ।
– हो । त्यही नै हो किनभने कसैले एउटा शिक्षकलाई बाटोमा भेटेर नमस्कार सर ! एकचोटी तपाईं मलाई पढाइ दिनु भन्न मिल्छ बाटोमा । त्यसैगरी म धेरै मानिसहरूमा यी चिजहरू देख्दछु । जाहाँ भेटे पनि तँ त डान्सर होस् । एउटा स्टेप देखाइदे न बाटोमा भन्छन् । मान्छेमा हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्दछ । मानिसले संस्थालाई हैन पेसालाई माया गर्नु पर्दछ । हामी परिवर्तन भए मात्रै देश परिवर्तन हुन्छ । देश परिवर्तन हुन हर एक मानसपटल परिवर्तन हुनु जरुरी छ ।
नृत्य तपाईंको जीवनको पहिलो पाटो भन्नु भयो तर त्यसको बारेमा तपाईंले जीवनका सुरुआती क्षणका कुराहरू बताउनु भएन नि ?
– सुरुआतमा यहीँ रामेछाप जिल्ला भटौली गाविस वडा नं. ३ हाल मन्थली नगरपालिका वडा नंं. ५ मा जन्मेँ र हुर्किएँ । पछि २०५८ सालमा काठमाडौँ गएँ अनि मलाई नृत्यको भूत चढेको हो । श्री शान्तिविद्या गृह मावि, लैनचौर काठमाडौँमा अन्तरविद्यालय गायन र नृत्यतर्फ सातवटा स्कुललाई पछि पार्दै दुवैतर्फ प्रथम भएँ । यो २०६२ सालको कुरा हो । त्यसपछि अझै धारिलो हुने आशमा नृत्य सिक्ने ठाउँ खोज्दै जाँदा पुतलीसडकस्थित मोडर्न डान्स एकेडेमीमा भर्ना भएँ र नृत्य सिक्न थालेँ । त्यही डान्स एकेडेमीमा उत्कृष्ट भई सोही डान्स एकेडेमीमा नृत्य सिकाउन पनि थालेँ । बिस्तारै कला लाइनतिर प्रवेश भयो । समयक्रममा त्यहाँ मैले सिकाउँदा सिकाउँदै आफैँले डान्स स्कुल खोल्ने इच्छा जागी सनराइज डान्स एकेडेमी सुरु गरियो । केही समयपछि उक्त एकेडेमी मर्ज गरी क्लब नाट्यालयको नाममा सामाखुसीस्थित अहिलेसम्म सो नृत्य केन्द्रमा एरोविक, जुम्बा डान्स, जिम, साउना स्टिम, योगा, ब्याडमिन्टन कोर्ट सहितको अल टाइफ अफ डान्स एकै थलोमा सिकाइरहेको छु । जिममा अर्का एकजना प्रशिक्षक राजन श्रेष्ठ हुनुहुन्छ । साथै अहिले म भद्रगोल टिमसँग समेत आबद्ध छु । यसरी त्यहाँ बिहान जुम्बा फिटनेस् र दिउँसो सबै प्रकारका नृत्य कक्षाहरू अहिलेसम्म निरन्तरता दिइरहेको छु । केही समय पछाडि फ्रान्सबाट डान्स च्यालेन्जिङ् सुरु गर्दैछु ।
आजसम्म कतिवटा म्युजिक भिडियोमा कोरियो ग्राफर गर्नु भयो ?
– दुई दर्जनभन्दा माथि ।
आफूले काम गरेको मध्ये उत्कृष्ठ एक म्युजिक भिडियो रोज्नु प¥यो भने कुन रोज्नु हुन्छ ?
– मलाई अति नै मन परेको गीतकार कृष्ण कार्कीको शब्दमा रहेको ‘किन सम्झी’ बोलको भिडियो असाध्यै राम्रो खिचिएको थियो । उक्त भिडियो लञ्च गर्नु अघि नै इडिटरले खाइदियो ।
अन्त्यमा, हामीले यहाँ सोध्न बाँकी रहेका र तपाईंलाई भन्नै मन लागेका केही कुराहरू भए बताइदिनुहोस् न ?
– जीवनका पानाहरू पल्टाएर त कहिल्यै सकिँदैन । तर पनि भन्नै मन लागेका तीन कुराहरू छन् । पहिलो कुरा महान् सोच भएका मानिसहरू ज्ञान विज्ञानका कुरा गर्दछन् । दोस्रो मध्यम सोच भएका मानिसहरू विषयवस्तुका कुरा गर्दछन् र निच सोच भएका मानिसहरू अर्काका कुरा गर्दछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

गायनमा सक्रिय रहने सुमनको योजना

दक्षिण कोरिया, ३१ अगष्ट । कोरियामा रोजगाररत सुमन नेम्बाङ लिम्बूले भविष्यमा गायक बन्ने योजनामा...

बच्चाको स्वास्थ्य र महिला अधिकारमा चासो राख्ने एलिसा

न्युयोर्क, ४ अगष्ट । काठमाडौँकी एलिसा गुरुङले मिस नेपाल नर्थ अमेरिकामा भाग लिएकी छिन्...

खेदाबाट आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी,...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

एउटा फोटो पत्रकारको क्यामेरामा कैद भएपछि कायापलट

कतिपय मानिसहरूको जिन्दगी सोच्न नसक्ने तरिकाले कायापलट हुन्छ । यसरी सफलता पाउनुमा कतिको आफ्नै...

सय सुन्दरीमध्ये ५४औंमा परेकी जसिता

चलचित्र लिलिबिलिबाट डेब्यु गरेकी जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं...

‘फटाह फणिन्द्रे’मा कर्मा, छुल्ठिम र रोहित

काठमाडौँ, २९ माघ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको...