मलेसियाबाट नेपाल पुगेको सितोर्यु मलेसियामै ल्याइपु-याएका छन्
सानो कद, तर नेतृत्वकर्ता जस्ता देखिने योगेन्द्र कोइरालालाई कोतारायामा केही युवाहरूले भेटे र सबै युवाहरूले निहुरेर भने –‘हुस् गुरु ।’
एक धर्मिताबीचको भेटघाट होस् या एकै खाले आन्दोलनमा होमिनेबीचको सौहार्द भेट होस्, त्यहाँ आफ्नै खाले शिष्ट्राचार–अभिवादनका भाषाहरू प्रस्फुरित हुन्छन् । जस्तो ‘जय मसिह’, ‘सलामालेकुम’, ‘जय मुक्ति’, ‘जय नेपाल’, ‘लालसलाम’ इत्यादि । यि अभिवादनका शब्द आउने वित्तिकै उनीहरूको संलग्नता, आस्था यहाँ छ भन्ने बुझिन्छ । नेपाली जिब्रोबाट उच्चारण हुने शब्द ‘हुस्’ चाही जापानिज शब्द ‘Oss’ हो । जसको अर्थभाव अभिवादन हुन्छ । जुन शब्द कराँते खेलाडीहरूले प्रयोग गर्दछन् ।
योगेन्द्रलाई युवाहरूले अभिवादन गरेबाटै उनीहरू कराँतेसँग सम्बन्धित छन् भन्ने बुझियो ।
कराँते मार्सल आर्टसँग सम्बन्धित विश्वचर्चित खेल हो । कराँते शब्द जापानबाटै आएको हो । जापानको ओकिनावाको रिउक्युउ अधिराज्य रक्षार्थको लागि त्यहाँका आदिवासीहरूले कराँतेलाई विकास गरेका हुन् । ‘कराँ’ को अर्थ खाली र ‘ते’ को अर्थ हात अर्थात हतियारविना लड्ने भएकोले कराँते नामाकरण भएको हो । दोश्रो विश्वयुद्धमा सामेल अमेरिकी सेनाले कराँतेलाई अमेरिका पु¥याए । सन् १९२४ मा जापानको विश्वविद्यालयले कराते क्लवको स्थापना ग¥यो । विश्वभर फैलिएको कराँतेका हाल विभिन्न रूप छन् । कोरियाबाट तेक्वान डो चर्चित भएजस्तै विभिन्न ठाउँमा क्योकुशिन, कुङ्फु, बुडोकोई, गोजुरियोलगायत अन्य चर्चित प्रशाखाहरू छन् । सन् १९३१ मा जापानमै केन्वा मावुनी सितोर्यु कराँतेको स्थापना गरेपछि त्यसको प्रभाव धेरै देशमा फैलियो । नेपालमा वि.सं. २०३५ मा थानेश्वर राईले भित्र्याएका हुन् । थानेश्वर राई व्रिटिस आर्मीअन्र्तगत सिग्नल रेजिमेन्टमा काम गर्दा मलेसियामै सितोर्युको विद्यार्थी बनेका थिए । पछि उनले सन् १९७६ मा सिंगापुरमा भएको खेलबाट सितार्यु च्याम्पियनशिपमा स्वर्णपदक जितेपछि उनी यस खेलमा समर्पित भएका थिए । करिब ५ लाख खेलाडी भएको नेपाल सितोर्यु कराँते संघ नेपालभर प्रभुत्व जमाएर अगाडि बढेको छ ।
योगेन्द्र कोइरालाले पनि यसै संघमा आवद्ध भएर ‘थर्डडान’को उपाधि पाएका छन् । साना कद भएकाले उनी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन सकेनन् तर उनले प्रशिक्षणतर्फ पाइला अगाडि बढाए । नेपालमा धेरै ठाउँ उनले रेफ्री तथा जजमेन्टको भूमिका निर्वाह गरे । जीवनको वैशाखीले उनलाई मलेसिया पु¥यायो । तर आफु समर्पित भएर लागेको खेललाई प्रवासमा पनि निरन्तरता दिए । नेपालमा हिरोमासातानाकाबाट लिएको तेश्रो डानलाई मान्यता नदिएपछि मलेसियामा वल्र्ड सितोरियो कराँते फेडरेशन (जापान) बाट तेश्रो डान लिएर मलेसियामै भएको कराँते विश्वकप उनले रेफ्रीको भूमिका पनि निर्वाह गर्न पाए । त्यतिमात्र नभएर नेपालस्थीत नेपाल कराते फेडरेशन, नेपाल सितेरियो कराँते एसोसिएसनमा दर्ता गरेर नेपाली प्रवासी सितेरियो कराँते संघ, मलेसियाको स्थापना गरे । जसका उनी प्रमुख गुरु र अध्यक्ष रहेका छन् ।
हालैमात्र सितोरियो हाइएसिया मलेसियाको आयोजनामा ११ जना नेपालीलाई उनले सामेल गराए । एसियाका सबै देशबाट सहभागी भएको खेलमा नेपालबाटै भने सहभागी थिएनन् । तर यही कार्यरत खेलाडीलाई नेपालको राष्ट्रिय टिमको नाममा सहभागी गराए । संसारमा हुने खेलमा नेपाललाई आमन्त्रण हुन्छ तर विविध कारणले सहभागिता जनाउन सक्दैनन् ।
हालैमात्र सितोरियो हाइएसिया मलेसियाको आयोजनामा ११ जना नेपालीलाई उनले सामेल गराए । एसियाका सबै देशबाट सहभागी भएको खेलमा नेपालबाटै भने सहभागी थिएनन् । तर यही कार्यरत खेलाडीलाई नेपालको राष्ट्रिय टिमको नाममा सहभागी गराए । संसारमा हुने खेलमा नेपाललाई आमन्त्रण हुन्छ तर विविध कारणले सहभागिता जनाउन सक्दैनन् । यसरी यहि उत्पादन भएका खेलाडीले राष्ट्रको लागि खेल्न सक्छ, त्यो कुरा बुझेरै नेपाली प्रवासी सितेरियो कराँते संघको स्थापना गरेका हुन् । मलेसियामा मात्र नभएर बाल्टिमोर मेरील्याण्ड पुगेका कालिकोटका सेन्साइ शाहीले नेपाल सितोर्यु कराँते डोको स्थापना गराएर विभिन्न ठाउँमा हुने खेलमा नेपालको तर्फबाट खेलाइरहेका छन् ।
मलेसियामा उनी कामदारका रूपमा भित्रिए । तर खेलक्षेत्रमा अभिरुचि भएकैले उनको विदेशी खेलाडी साथी र गुरुसँगको संगत भयो । उनीहरूले हौँस्याएर खेलक्षेत्रमा पुनर्जागृत गराए ।
‘भाषा संस्कृति फरक भए पनि खेलाडीलाई हेर्ने दृष्टिकोण सदा सकरात्मक छ, यसले मलाई झन् हौसला प्रदान भयो ।’ उनले एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिनेक्रममा भनेका छन् ।
पुख्र्यौली थलो सिम्पानी खोटाङ रहेको उनको परिवार योगेन्द्र जन्मिनुभन्दा अगाडि नै मोरङको हरैचा –४ मा झरेको थियो । त्यही वि.सं. २०३४ असार १६ मा बुबा रत्न कोइराला र आमा लक्ष्मीदेवि कोइरालाको कोखबाट ४ भाईमा साहिँलो छोराको रूपमा जन्म लिन पुगे । हरैचाकै श्री नवजनज्योती प्रा.वि.बाट प्रारम्भिक शिक्षा लिएका उनले श्री भगवति मावि, वेलबारीमा माध्यमिक शिक्षा लिँदै गर्दा उनको मन कराँतेतर्फ खिचिएको हो । बेलबारीमा गुरुहरू उद्दव सापकोटा र कुन्ती गुरुङले कराँते सिकाउन थालेपछि गाउँका युवाहरू सबै त्यही ओइरिए । एकअर्कामा भेट हुने वित्तिकै काँता देखाउने शैलीको विकास भएपछि योगेन्द्रको मन थामिएन । अनि तत्काल भर्ना गरे र शुरु गरे –हुस् ।
उनले शुरु गरेको साल वि.सं. २०४९ हो । करिब ५ वर्षको निरन्तरतापछि उनले फस्ट डान अर्थात ब्ल्याकबेल्ट लिए ।
एसएलसीपश्चात उनी उच्च शिक्षाको लागि काठमाडौं पुगे । त्यहाँको पाटन मल्टिपल क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दै गर्दा पनि उनी खेलक्षेत्रमै आवद्ध भइरहे । तौल कम भएकोले प्रतियोगिताको रूपमा सहभागी हुन नपाएपनि प्रशिक्षक र आयोजकको रूपमा सहभागीता जनाइरहे । करिब ६ पटक त पूर्वाञ्चलमा कार्यक्रम आयोजना गरेका रहेछन् । भर्खरै मात्र नेपाल जाँदा पनि विराटनगरमा पूर्वाञ्चल प्रतियोगिता सम्पन्न गरेर फर्किएका छन् ।
सन् २०१० देखि भने उनले रेफ्रिको भूमिका गर्न थालेका हुन् । मलेसियामै रहँदा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘तेश्रो डान’ हात पारेपछि विश्वकप रेफ्रिसम्म बन्ने ढोका खुलेको हो ।
११ वर्ष अगाडि मलेसिया आएका उनले आफ्नो दाईसँग मिलेर बातुपहातमा न्यू हाम्रो रेष्टुरेन्टको सञ्चालन गरेका छन् । रेष्टुरेन्टसँगै आफैले कवर्ड हल बनाएर एकपटकमा ३४ जनासम्म विद्यार्थीलाई सिकाएका रहेछन् । उनले संस्था निर्माण गरेपछि भने सितोर्यु कराँतेसँग सम्बन्धित धेरै व्यक्तिहरू सम्पर्कमा आए र उनीहरूसँग मिलेर पदाधिकारी बनाएका छन् ।
उनको २ छोरीसहित श्रीमती भगवती कोइराला विराटनगर ६ मोरङमा बस्दै आएकी छिन् । उनको योजना आगामी नोभेम्बरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता गर्ने छ, यसको लागि तयारीमा जुटेका छन् । प्रवासमा आएर पनि खेलक्षेत्रलाई योगदान दिन पाएकोमा भने दंग छन् ।
प्रस्तुतिः देवेन्द्र सुर्केली
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।