गाउँका अधिकांस सरकारी कार्यालय नाम मात्रैको - Naya Online

गाउँका अधिकांस सरकारी कार्यालय नाम मात्रैको

सन्देश सुब्बा


Panchthar-Phidimपाँचथर/ जिल्लाको ग्रामिण क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालयहरू नाम मात्रैको बन्न थालेका छन् । विशेषगरी पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र र हुलाक कार्यालयहरूको अवस्था यस्तो बन्दै गएको हो ।
जिल्लाको याङनाम गाविसमा रहेको पशु सेवा केन्द्र महिनादिनदेखि बन्द रहेको छ । जसको कारण कार्यालयले प्रदान गर्ने सेवा–सुविधा उपभोग गर्नबाट सेवाग्राही बञ्चित भएका छन् । ग्रामिण क्षेत्रका सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न स्थापना भएको सेवा केन्द्रको हालत यस्तो हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । सेवा केन्द्रबाट पशुचौपायाको उपचार गराउँन नपाउँदा नोक्सानी बेहोर्नु परेको स्थानीयबासी मनेन्द्र केरुङले बताए ।

कार्यालयबाट उन्नत जातको मकै, धान सहितका अन्य वाली बिजन र फलफुलका बिऊ बिजन खरिद गर्न नपाएको सो क्षेत्रका कृषकले गुनासो गरेका छन् । यस्तै याङनामकै इलाका हुलाक कार्यालयको हालत पनि यस्तै हुदाँ सर्वसाधारण मारमा परेका छन् ।

त्यस्तै सोहि गाविसमा रहेको कृषि सेवा केन्द्र पनि औशी–पुर्णे मात्र खुल्ने गरेको स्थानीय पुष्पहाङ लोवाले बताए । कार्यालयमा प्रमुख नभएको महिनौं भएको उनले बताए । कार्यालयबाट उन्नत जातको मकै, धान सहितका अन्य वाली बिजन र फलफुलका बिऊ बिजन खरिद गर्न नपाएको सो क्षेत्रका कृषकले गुनासो गरेका छन् । यस्तै याङनामकै इलाका हुलाक कार्यालयको हालत पनि यस्तै हुदाँ सर्वसाधारण मारमा परेका छन् ।
याङनामका स्थानीय धनकुमार जवेगुले कार्यालयमा कर्यचारी नबस्दा टिकट किन्न अन्तै जानु पर्ने र आफ्नो नाममा र विभिन्न संघ–संस्थाको नाममा आएका चिठ्ठी पत्रहरू पनि प्राप्न नहुने गरेको गुनासो पोखे । उनले हुलाकमा किन्दा १० रूपैयाँमा पाइने टिकट १५ रूपैयाँ तिरेर अन्तै किन्नु पर्ने बाध्यता रहेको गुनासो पोखे ।
उता जिल्लाको यासोकमा रहेको पशु सेवा केन्द्रको अवस्था पनि उस्तै छ । कार्यालय कर्मचारी बीहिन भएको महिनौं भएको छ । जसले गर्दा यासोक सहित स्याबरुम्बा, रानीगाउँ क्षेत्रका सर्वसाधारण मारमा परेको स्थानीयले बताए । यसरी दुर्गम क्षेत्रका सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न स्थापना गरिएका सरकारी कार्यालयहरूहरूले नियमित रूपमा कार्य सञ्चालन गर्न नसक्दा सर्वसाधारण प्रत्यक्ष मारमा परेको यासोकका रमेश थापाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...