कुमार श्रेष्ठ
पौष शुक्ल पुर्णिमाका दिनदेखी गाँउमा रातको समयमा चहल पहल बढ्थ्यो । झुण्ड झुण्ड युवा युवतीहरू कसको घरमा श्री स्वस्थानी पढिन्छ भनेर चियो चर्चा गर्थे । आ(आफ्ना ग्याङका साथ श्री स्वस्थानीको कथा सुन्न टाढा टाढा सम्म पुग्थे । कोही एक चित्त लगाएर सुन्थे । कोही आनन्द लाग्ने गरेर धोको फेरेर वाचन गर्थे ।कोही छेउमा बसेकी चन्द्रावतीलाई जिस्काउन मस्त हुन्थे साउतीमा । चिटिक्क चिमोट्थे अनी आफै चिच्याउथे जय श्री स्वस्थानी माते । घरका ठुला ठाला मान्यजनहरू गाली गर्थे, चुप मोरा, एक चित्त भएर सुन । पाप लाग्ला नत्र ।
प्रियसी मौन बनेर बस्थी र भन्थी –अर्को साल पक्का बस्छु अनी लुकाएरै भएनी आठ रोटी,आठ कुड्का सुपारी आदी इत्यादी तिमीलाई दिन्छु । बिचरी अर्को सालको मंसिर मै अरूको हुन्थीन् । लुकाएर के दुनियालाई देखाएर आठ रोटी आठ सुपारी खाने अर्को निस्कन्थ्यो । यता केटाले भेटेको बेलामा सुनाउथ्यो, मैले भनेकै थिएन नि व्रत बस भने श्री स्वस्थानीको ।
उसो त त्यो एक महिना तन्नेरा तन्नेरीहरूको लागि गतिलो उत्सव नै थियो । हुन नसकेको ससुराली तिर पनि पठ्ठाहरू निर्धक्क जान्थे । ज्वाँई आसनमा गमक्क परेर बस्थे । पठ्ठाहरू कानेखुसी गर्थे, आँखाले नै सबै कुरा पाखा लाउथे । स्वस्थानी व्रतकथाको शिव र पार्वतीको अध्याय सुनेर पढेर निस्के पछि एक वर्ष सम्म गिजडाहरू पार्वतीको ब्याख्यान उपब्याख्यान सुनाउथे आफ्नी प्रियसी सँग । तिमी पनि मेरा लागि व्रत बस्नु पर्ने । खै त बसेको ? यही व्रत नबसेको कारणले जिन्दगीमा मलाई पाएनौ भने रोएर जिन्दगी काट्न पर्लानी ? प्रियसी मौन बनेर बस्थी र भन्थी –अर्को साल पक्का बस्छु अनी लुकाएरै भएनी आठ रोटी,आठ कुड्का सुपारी आदी इत्यादी तिमीलाई दिन्छु । बिचरी अर्को सालको मंसिर मै अरूको हुन्थीन् । लुकाएर के दुनियालाई देखाएर आठ रोटी आठ सुपारी खाने अर्को निस्कन्थ्यो । यता केटाले भेटेको बेलामा सुनाउथ्यो, मैले भनेकै थिएन नि व्रत बस भने श्री स्वस्थानीको ।
उता बिबाहीत पुरूष पनि कम्तिका हुदैन थे । टन्न जाँड रक्सी धोकेर घर जान्थे । फुङफुङ पारेर चुरोटको धुवा उडाउथे ।जब श्रीमती रिसाउथिन अनी गाली गर्न लाग्थिन तब आफ्नी श्रीमतीलाई कोहिले घुर्क्याएर,कोहिले जिस्काएरै भन्थे हेर त श्रीमती भनेको पार्वती जस्तो हुनु पर्छ ।गाँजा,भाङ, धतुरो सबै समेटेर राख्दिन्छिन् । तँ छस् की जाबो जाँड रक्सी चुरोट नि खान दिदैनस् ।खै प्रेम तेरो ?
झनै साङ्यको दिन रात भरिको जाग्राम अनि नाचगानले त्यो रातको रौनक नै फरक हुन्थ्यो । कति त त्यही रात नै पिरिममा डुबेर लाग्थे घरबार बसाउन । कति रातभर जुहारी खेलेर घोक्रो सुकाएर बिहान घर लाग्थे । बिशेष गरेर मादल बजाउनेमा तरुणीको आँखा परेको देखिन्थ्यो । आफूले पनि मादल बजाउन सिक्नै पर्यो भनेर लाख कोसिस गरियो तर झ्याउरे भन्दा अरू बजाउनै आएन । चुट्केमा रमेका तरुणीहरू अरूले नै चुट्क्याई दिन्थे । आफू चाँही झ्याउरेमा बाउ हजुर बाउ सँग अहोइ लरि बरि अहोइ अनी नछोड है मादले नछोड भनेर चिच्याउनैमा ब्यस्त । सुरू सुरूमा मादल सिक्दा त नछोड मादले नछोड भन्दा मादल समाएर बस्थे । ठुला बा ले झन तानेर लैजान्थे मादल । यस्तो रमाईलो गरेको बेलामा मादल बजाउन छाड्ने भन्दै ।
आजकाल त्यो दिन रहेन ।भलै स्वस्थानी माताको व्रत लिनेको संख्या बढ्यो होला । विश्वास बढेको होला । तर हिजो जस्तो रमाईलो गाँउ छैन । हिजो जस्तो माहोल छैन । हुन त श्री स्वस्थानी माताको व्रतकथा सुन्ने सुनाउने बहानाले व्रतकथालाई नै मिस यूज गरेका थिए त्यो बेला । आफैलाई पनि दोष दी हालौ । म चाही दुधले नुहाएको मान्छे परिन । मैले नि गरेँ होला गल्ती । तर त्यो बेलाको गल्ती सम्झदा पनि रमाईलो लाग्ने रहेछ । यसपालीको स्वस्थानी व्रतकथाको साङ्यमा गाँउ जाँदा लाग्यो, म कुनै बिरानो ठाँउमा पो आएछु की ?
सँधै झै यसपालीको श्री स्वस्थानी व्रतकथाको साङ्य मातेलाई संझेरै बिताइयो । साथी सङ्गीलाई संझेर बिताईयो । अब त एक वर्ष व्रतकथाको किताब खोल्न हुन्न रे । अब अर्को पौष शुक्ल पुर्णिमामा भेट्ने वाचा गर्दै अस्तिको माघ शुक्ल पुर्णिमालाई बिदा गरियो । मिस यू श्री स्वस्थानी माता ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।