विकासमा राजनीति नगरौँ : उद्योगमन्त्री - Naya Online

विकासमा राजनीति नगरौँ : उद्योगमन्त्री

som-pandeyपाल्पा, १६ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले जिल्लाको विकासमा राजनीति नगरेर सबै एकजुट भएर लाग्नुपर्नेमा बताउनुभएको छ ।

प्राकृतिक रुपले धनी पाल्पा, पर्यटन विकासका लागि तत्काल सिद्धबाबा नजिक रहेको सडकको विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।

जिल्ला विकास समिति पाल्पाको २४औँ परिषद्को उद्घाटन गर्दै मन्त्री पाण्डेयले श्रीनगरडाँडाको व्यवस्थापन गरी पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुभयो ।

मन्त्री पाण्डेयले उद्योग सञ्चालनका लागि जग्गा खोज्न आग्रह गर्दै बजेटको व्यवस्था आफूले गर्ने आश्वासनसमेत दिनुभएको हो ।

अहिलेको संविधान नेपाकै उत्कृष्ट रहेको भन्दै उहाँले अबको लडार्इं भनेको आर्थिक क्रान्ति र विकास निर्माणका लागि हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदत्रय हरिप्रसाद नेपाल, राधाकृष्ण कँडेल, तुलसा राना, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला विकास समितिका पूर्वसभापति झपेन्द्रबहादुर जिसी, गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेना, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेशकुमार अर्याललगायतले घोषित बजेट तथा कार्यक्रम कार्यक्रम कार्यान्वयन हुन सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।

स्थानीय विकास अधिकारी कृष्ण पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर भिमार्जुन पाण्डेले स्वागत र जिल्ला विकास समितिका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले सञ्चालन गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...