आपूर्ति सहज बनाउन अनुगमन थालियो : मन्त्री पुन - Naya Online

आपूर्ति सहज बनाउन अनुगमन थालियो : मन्त्री पुन

ganeshman-punइलाम, १६ फागुन । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति सहज बनाउन सरकारीस्तरबाट अनुगमन थालिएको बताउनुभएको छ ।

इलामको दानाबारीस्थित शुक्रबारे बजारमा ३४औँ मगरसङ्घ स्थापना दिवस तथा प्रथम सहिद क्याप्टेन लखन थापाको शालिक आज अनावरण गर्दै मन्त्री पुनले “नाकाबन्दी खुलेपनि सहज आपूर्ति सहज नभइरहेको अवस्थामा बजारमा अनुगमन थालेका छौँ”– उहाँले भन्नुभयो– “बजारलाई स्वस्थ र व्यवस्थित बनाउन काम गरिरहेका छौँ । एकीकृत रूपमा आपूर्तिको व्यवस्था मिलाइरहेका छौँ ।”

शालिक अनावरण गर्दै उहाँले आन्दोलनबाट प्राप्त सबै उपलब्धि संविधानमा संस्थागत नभए पनि पाएका उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले व्यवसायीलाई भएजति सक्दो, सुलभ र समानुपातिकरूपमा आपूर्ति सहज बनाउनुहोस् भन्दै बजारलाई पारदर्शी बनाउन प्रत्येक पसलमा मूल्यसूची राख्न लगाउन स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

“बजारमा नागरिक मूल्यमा ठगिन हुँदैन”– उहाँले भन्नुभयो– “औषधिदेखि सबै खाद्यान्नको मूल्यसूची र यसका बारेमा सूचना दिनुहोस् । बजारलाई पारदर्शी बनाउँछौँ ।” उहाँले पूर्णरूपमा आपूर्ति हुन नसकेको स्वीकार्दै, विस्तारै सहज बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री पुनले आपूर्ति सहज बनाउने काममा भारत र चीन दुवै असल छिमेकी मित्र भएको उहाँको भनाइ थियो । “सहज आपूर्तिका लागि चीनतिरको नाका खोल्ने काम भइरहेको छ”– उहाँले भन्नुभयो– “काम सुरू भइसकेको छ, यसले आपूर्ति सहज बनाउने विश्वास छ ।”

नेपाल मगरसङ्घ इलामका अध्यक्ष भक्त लुङ्गेलीले अल्पसङ्ख्यक जातिबाट बहुसङ्ख्यक जाति विरूद्ध संविधान जारी भएको र संविधानले आदिवासी जनजातिलाई विभेद गरेको आरोप लगाउनुभयो ।

शालिक निर्माणका लागि सङ्घसंस्था र विभिन्न व्यक्तिबाट रु छ लाख १४ हजार ७६९ नगद जम्मा भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...