आपूर्ति सहज बनाउन अनुगमन थालियो : मन्त्री पुन - Naya Online

आपूर्ति सहज बनाउन अनुगमन थालियो : मन्त्री पुन

ganeshman-punइलाम, १६ फागुन । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति सहज बनाउन सरकारीस्तरबाट अनुगमन थालिएको बताउनुभएको छ ।

इलामको दानाबारीस्थित शुक्रबारे बजारमा ३४औँ मगरसङ्घ स्थापना दिवस तथा प्रथम सहिद क्याप्टेन लखन थापाको शालिक आज अनावरण गर्दै मन्त्री पुनले “नाकाबन्दी खुलेपनि सहज आपूर्ति सहज नभइरहेको अवस्थामा बजारमा अनुगमन थालेका छौँ”– उहाँले भन्नुभयो– “बजारलाई स्वस्थ र व्यवस्थित बनाउन काम गरिरहेका छौँ । एकीकृत रूपमा आपूर्तिको व्यवस्था मिलाइरहेका छौँ ।”

शालिक अनावरण गर्दै उहाँले आन्दोलनबाट प्राप्त सबै उपलब्धि संविधानमा संस्थागत नभए पनि पाएका उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले व्यवसायीलाई भएजति सक्दो, सुलभ र समानुपातिकरूपमा आपूर्ति सहज बनाउनुहोस् भन्दै बजारलाई पारदर्शी बनाउन प्रत्येक पसलमा मूल्यसूची राख्न लगाउन स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

“बजारमा नागरिक मूल्यमा ठगिन हुँदैन”– उहाँले भन्नुभयो– “औषधिदेखि सबै खाद्यान्नको मूल्यसूची र यसका बारेमा सूचना दिनुहोस् । बजारलाई पारदर्शी बनाउँछौँ ।” उहाँले पूर्णरूपमा आपूर्ति हुन नसकेको स्वीकार्दै, विस्तारै सहज बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री पुनले आपूर्ति सहज बनाउने काममा भारत र चीन दुवै असल छिमेकी मित्र भएको उहाँको भनाइ थियो । “सहज आपूर्तिका लागि चीनतिरको नाका खोल्ने काम भइरहेको छ”– उहाँले भन्नुभयो– “काम सुरू भइसकेको छ, यसले आपूर्ति सहज बनाउने विश्वास छ ।”

नेपाल मगरसङ्घ इलामका अध्यक्ष भक्त लुङ्गेलीले अल्पसङ्ख्यक जातिबाट बहुसङ्ख्यक जाति विरूद्ध संविधान जारी भएको र संविधानले आदिवासी जनजातिलाई विभेद गरेको आरोप लगाउनुभयो ।

शालिक निर्माणका लागि सङ्घसंस्था र विभिन्न व्यक्तिबाट रु छ लाख १४ हजार ७६९ नगद जम्मा भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...