दुर्लभ रेडपान्डा (हाब्रे) को छालासहित झापाबाट दुई पक्राउ - Naya Online

दुर्लभ रेडपान्डा (हाब्रे) को छालासहित झापाबाट दुई पक्राउ

सुरुङ्गा (झापा), १६ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय विर्तामोड (अनारमनी) झापाले लोपोन्मुख रेडपान्डाको दुई थान काँचो छालासहित दुई जनालाई झापाबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पाँचथरको फलैँचा– ९ निवासी २० वर्षीय सुकवीर राई र ताप्लेजुङ सादेवा– ४ घर भई हाल शनिअर्जुन नगरपालिका– ९ बस्दै आएका ४७ वर्षीय कमलकुमार माङमु रहेका छन् । उनीहरुलाई शनिबार बिर्तामोडको फेमिली होटलबाट पक्राउ गरी आज सार्वजनिक गर्दै जिल्ला वन कार्यालय झापालाई बुझाएको छ ।

एकहप्ता अगाडिमात्र मारिएको रेडपान्ड (हाब्रे) काठमाडौँ लैजाने तयारी गर्दै गर्दा विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध भएकाले उनीहरुलाई जिल्ला वन कार्यालय बुझाइएको उहाँले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...