विमान दुर्घटनाबारे भड्काउने प्रतिक्रियामा ध्यानाकर्षण - Naya Online

विमान दुर्घटनाबारे भड्काउने प्रतिक्रियामा ध्यानाकर्षण

काठमाडौँ, १६ फागुन । नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिनुभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिनुभएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठन (World Meteorology Organization) को सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ”– विज्ञप्तिमा उल्लेख छ ।

उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।

सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ । साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...