मस्को, २४ माघ । उत्तर कोरियाले आइतबार गरेको लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपणको रसियाले पनि निन्दा गरेको छ ।
सो प्रक्षेपणबाट प्योङ्गयाङ्गसहित क्षेत्रीय सुरक्षामासमेत खतरा हुने रसियाले बताएको छ । रकेट परीक्षण सफलतापूर्वक सम्पन्न भएको उत्तर कोरियाले आइतबार जानकारी दिएको हो ।
यस रकेट प्रक्षेपणले संयुक्त राष्ट्र संघको कैयौ प्रस्तावको उलङ्घन गरेको भन्दै यस विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आइतबार नै न्युयोर्कमा बस्ने बताइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।