‘कम्युनिस्ट पार्टीमा उग्र र दक्षिणपन्थी रोग’ - Naya Online

‘कम्युनिस्ट पार्टीमा उग्र र दक्षिणपन्थी रोग’

काठमाडौँ, २२ माघ । देशमा आमूल परिवर्तन गरी समृद्ध मुलुक बनाउने तथा जनताको जीवनस्तर उकास्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना अझै पूरा हुन नसकेको आज यहाँ आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताले व्यक्त गर्नुभएको छ ।

ब्रदर्स बुक्स प्रकाशन प्रालिको आयोजनामा राजनीतिज्ञ कृष्णराज बर्माले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलन र पुष्पलाल श्रेष्ठ’नामक पुस्तकको विमोचन समारोहमा उहाँहरूले राष्ट्रिय राजनीतिममा माक्र्सवादको उपयोग गर्ने पुष्पलाल पहिलो व्यक्ति रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिपी मैनालीले पुष्पलालले देशमा आमूल परिवर्तन गरी आर्थिक रुपमा समृद्ध गर्ने उद्देश्यका साथ कम्युनिस्ट राजनीतिमा होमिएकाले उहाँको योगदान अमूल्य रहेको बताउनुभयो ।

उहाँले देशको भू–राजनीतिक अवस्थालाई बुझेर राजनीति गरेमा मात्र देशको अस्तित्व बचाउन सकिने भन्दै यसको संरक्षण गर्न नेताहरूले दूरदृष्टि राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री मैनालीले देशको अखण्डता र राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि स्व श्री ५ वीरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्ताव तथा श्री ५ महेन्द्रले विश्वका विभिन्न मुलुकका नेतासँग मिलेर असंलग्न राष्ट्रको अभियानमार्फत गरेको नेतृत्वमा राष्ट्रियताको संरक्षण तथा देशको अस्तित्व बचाउनका लागि धेरै राम्रा पक्ष पनि छन् भन्दै यसको अध्ययन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशबाट निरंकुशताको अन्त्य गर्न काँग्रेस र कम्युनिस्ट एक हुुनुपर्छ भन्ने पुष्पलालको दूरदृष्टि २०४६ सालपछिका आन्दोलनबाट पुष्टि भएको बताउनुभयो ।

कम्युनिस्ट आन्दोलन जनताको जीविका र सामाजिक तथा आर्थिक रुपान्तरणको पक्षमा हुनुपर्ने औँल्याउँदै उहाँले कम्युनिस्टको आलोचनाको पात्र राजा महेन्द्रको म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने देशको रक्षा गर्ने सकारात्मक पाटोको पनि अध्ययन गरेर समग्र मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयोे ।

संविधानविद् नीलाम्बर आचार्यले कम्युनिस्ट पार्टीभित्र उग्रवामपन्थी र दक्षिणपन्थी धारको रोग रहेको बताउँदै लेखक बर्माको पुस्तकले कम्युनिस्ट पार्टीबीच राम्रो बहस गर्ने आधार तयार गरेको छ भन्नुभयो ।

लेखक बर्माले देशमा महत्वपूर्ण राजनीति गर्ने पुष्पलालको योगदानको इतिहास बिर्सन नदिन त्यसबेलाका घटनाको संस्मरण आफूले प्रकाशमा ल्याएको जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...