पेट्रोल चोरी गर्दा पम्पका कर्मचारी पक्राउ - Naya Online

पेट्रोल चोरी गर्दा पम्पका कर्मचारी पक्राउ

काठमाडौँ, २२ माघ । पेट्रोल पम्पबाट तेल चोरी गर्दा गर्दै त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्पका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पम्पका कर्मचारी लोकबहादुर थापा, कृष्ण थापा र चौकीदार शिवबहादुर थापालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप केसीका अनुसार बिहान ४ बजेतिर गस्तीमा रहेको प्रहरी टोलीले पम्पमा शङ्कास्पद गतिविधि भइरहेको देखेपछि सोधखोज गरेको थियो ।

सो क्रममा पम्पबाट ड्रममा पेट्रोल भर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने एक जना व्यक्ति भाग्न सफल भएका थिए ।

प्रहरी त्यहाँ पुग्दा ड्रममा ३५० लि पेट्रोल उनीहरूले भरिसकेको अवस्थामा भेट्टाइएको उहाँले जानकारी दिनुभयो ।

कर्मचारीसँग पेट्रोल किन्ने समूह र यसअघि पनि पेट्रोल चोरी गरे नगरेकाबारे अनुसन्धान भइरहेको बताइएको छ । आजका लागि ३१ देखि ४५ नं लटका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्न नेपाल आयल निगमले पम्पलाई छ हजार लि पेट्रोल दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...