पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा - Naya Online

पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा

meaklajung-dada-300x175जितबहादुर भण्डारी


 

पाँचथर, २२ माघ । प्रचारप्रसारको अभावमा पाँचथर, मोरङ, धनकुटा र इलामको सङ्गमस्थलमा अवस्थित मिक्लाजुङ ओझेलमा परेको छ ।
पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रियता, नियमित होम स्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो ।

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुनसकेको छैन । दक्षिण भेगमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्गालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाई हुने गरेको भए पनि फिदिमबाट राँके–रवि सडकहुँदै करिब ६ घण्टाको सवारी यात्रापछि लिम्बाका लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल दुरीको यात्रापछि मिक्लाजुङडाँडा पुगिन्छ ।

–ः २३ ः–

यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्वालोकन गर्न सकिने भएकोले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, ंभारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् ।

चौबिसैघण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमकाअनुसार वर्षातको समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” स्थानीय टीका राईले भन्नुभयो ।

समुन्द्री सतहदेखि करिब दुईहजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङबाट पदयात्राका लागि पदमार्गको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवम् ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डप गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकारेर उहाँकै आज्ञाले एउटा ठूलो ढुङ्गा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुङ्गाको ओढारमा आफ्नो हातहतियार राखेका थिए ।

हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुन्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्नगएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ ।

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकको नजर नपर्नु दुर्भाग्य हो । त्यसैले पर्यटन विकासका लागि गुरूयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...