खेलकुद देशको पहिचानः मन्त्री पोखरेल - Naya Online

खेलकुद देशको पहिचानः मन्त्री पोखरेल

20150628uml-to-recall-minister-poudel-from-cabinet-300x0काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले खेलकुद क्षेत्र देशको पहिचान भएको बताउनुभएको छ ।

सेन्ट जर्ज इन्टरनेसनल स्कूलले आज यहाँ आयोजना गरेको ‘सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०७२’ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले खेल क्षेत्रले नै राष्ट्रलाई संसारमा चिनाउने भएकाले राष्ट्रको पहिचान भएको बताउनुभयो ।

मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता बलियो बनाउनका लागि विद्यालयदेखि नै विद्यार्थीलाई राष्ट्रवादी बनाउनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो ।

उहाँले खेलकुद क्षेत्रको विकासका लागि नेपालको संविधानमा विशेष व्यवस्था गरेको समेत जानकारी गराउनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन)का अध्यक्ष कर्णबहादुर शाहीले राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता देशव्यापी सञ्चालन भइरहेको र सरकारले सरकारी विद्यालयलाई प्रोत्साहनस्वरुप रु १० हजार दिएको तर निजी विद्यालयलाई नदिएर विभेद गरेको बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का वरिष्ठ उपाध्यक्ष विजय सम्वाहाम्फेले शैक्षिक क्षेत्रमा खेलकुद एउटा पौष्टिक आहार भएको भन्दै मानिसको समग्र वृद्धि विकासका लागि खेल अति आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

विद्यालयका अध्यक्ष डा सुवास घिमिरेले खेलकुदले विद्यार्थीलाई ऊर्जा प्रदान गर्ने, शरीरमा फुर्ति जगाउनुका साथै ध्यान एकीकृत गराउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुने बूढानीलकण्ठ स्कूल, द्वितीय रिपुमर्दन सैनिक स्कूल र तृतीय हुने दीक्षान्त स्कूलका विद्यार्थीलाई मन्त्री पोखरेलले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा १२ वटा स्कूलले भाग लिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...