पाँचौ एल्बम ल्याउँदै अशोक प्यासी - Naya Online

पाँचौ एल्बम ल्याउँदै अशोक प्यासी

IMG_3423 copy
कहिले वैदेशिक रोजगारमा त कहिले काठमाडौंको यातायात व्यावसायी भएर चिनिएका अशोक प्यासी राई अहिले बढि गायकको रुपमा चिनिँदैछन् । हिलेपानी ७, थाक्ले ओखलढुंगामा बुबा दर्नसिंह राई र आमा रूपमाया राईबाट दुई दाई, एक दिदी र भाइबहिनीमध्ये माइलो सन्तानको रूपमा जन्म लिएका हुन् अशोकले । बुबाको सानैमा मृत्युपश्चात आमा रूपामायाले आफैले हलो जोतेर छोराछोरी हुर्काएको कुरा सञ्चारमाध्यमबाटै प्रकाशित भएको थियो । ओखलढुंगाबाट उदयरपुरको कटारी –२ मा बसाइँ सरेका उनले त्यहीकै स्कुलबाट एसएलसी गरेका थिए । खनीखोस्री गर्दा परिवार पालिन्थ्यो । तर अशोकलाई साहित्य र संगीतले बास गरेको थियो । गाउँमै गरिखाँदा आफ्नो रहर पूरा नहुने देखी पढाईलाई बन्द गरेर वैदेशिक रोजगारीको लागि मलेसया पुगे ।
उनी गाउन नै चाहन्थे । कम्पनीमा काम गरिरहँदा गाइरहन्थे । यस्तो गाउँछु, उस्तो गाउँछु भनेर शब्द बनाउँथे । नेपाली पसलहरूबाट नेपाली भिसिडीहरू ल्याएर हेर्थे । साथीहरू दोहोरीप्रेमी भएकाले उनमा पनि दोहोरीको रस बस्यो । कम्पनीमै उनले गीत बनाए, संगीतको ढाँचामा ढाले । नेपाल फर्किएपछि एल्बम निकाल्ने योजना सुनाए । साथीहरूले सहयोग गर्ने वाचा दिए ।
नेपाल आउँदा मलेसियामै सक्रिय रहेका गायक सुमन राईद्वारा स्थापित ‘ओपेरा म्युजिक प्रा.लि.’को सम्पर्कमा पुगे । गायिका सत्यकला राई तथा देवी घर्तिको साथ उनको प्रथम स्वरवद्ध एल्बम निस्कियो –आकाशका तारा गनेर (२०६७) । पूर्वेली जुवारी भनिने गीत तथा पश्चिमेली दोहोरीको समिश्रण भएको एल्बमले केहीहदसम्म सपना पूरा भएको माने । आकाशको तारा गनेर… र उदयपुरको हाम्रो कटारी… बोलको दुई गीतहरू एल्बममा समावेश छन् । गीतलाई भिज्यूअलमा परिणतमा गरेपछि कटारी बजारमा उनको चर्चा चुलियो ।
स्थानीय बजारमा चर्चा पाउँदै गएपछि क्लवमार्फत समाजसेवा गर्ने तत्परतामा उनी उभिए । कटारीमा लाग्ने माघेनी मेलामा काठमाडौंबाट धुर्मुस, सुन्तली, माग्ने बुढा अनि हेमन्त शर्मालगायतका कलाकारहरूलाई लगेर कार्यक्रम गर्न भ्याए । त्यो जोशले उनी चलचित्र निर्माणमा समेत हात हाल्न सक्ने भए । कटारीका स्थानीय कलाकारहरू कृष्ण सापकोटा, मेरिना घले, सुदिप बरालको साथमा ‘के भुल भयो जिन्दगीमा’ (२०६८) नामक चलचित्र निर्माण गरे । जसमा उनले भने गायककै भूमिका निर्वाह गरेका छन् ।
चलचित्रपछि ‘यो जुनीमा तिम्रै हुन पाउँ’ (२०६९) नामक सिडी उत्पादन गरे । शारदा तामाङ र रीता मुस्कानले स्वरमा साथ दिएको यस एल्बममा २ गीतहरू रहेका थिए । ‘यो जुनीमा तिम्रै हुन पाउँ….’ गीतमा रीता मुस्कान सहयोगी गायिका छिन् भने ‘धरतीबाटै….’ बोलको गीतमा शारदा तामाङले सघाएकी छिन् ।
जति गीत रेकर्डिङ गर्दै गयो, उती त्यस गीतको भिडियो पनि बनाउँदै गएका अशोकले आफ्ना सम्पूर्ण गीतका भिडियो कलेक्सन ‘प्यासी’ (२०७०) बजारमा ल्याएका छन् । चलचित्रका गीतहरूमा पनि उनकै स्वर थियो । दुई एल्बमका ४ वटा, चलचित्रको एउटा, बाग्लुङकी रानी र तिम्रै निम्ति बोलको गीत चाही अन्य एल्बमको र बाँकी दुई गीत चौथो एल्बम ‘माफी’ का गीतहरू समावेश छन् । सबै भिडियो तथा चलचित्रको निर्देशन प्रतापसिंह थापा हुन् । भिडियोमा कलाकारहरू पूरण कुमार राई, शिव विक, मेरिना घले, शान्ति तामाङलगायत छन् ।
अहिले पाँचौ एल्बमको तयारीमा छन् । नाम भने जुरिसकेको छैन । म्युजिक भिडियोसहित ल्याउने लक्ष्य राखेको यस एल्बमको एउटा गीतको भिज्युअल युट्युवमा समेत हेर्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

Indigenous Film ‘Che’ Directed bye Sagar Kerung

Indigenous Film ‘Che’ Name of Film – ‘Che’ Writer/Director – Sagar Kerung Company –...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

नेपालको हकमा जातीय उत्पीडन विकराल कि वर्गीय समस्या प्रधान ?

-उदय पूर्वेली चोङबाङक्याक नेपालको हकमा जातीय उत्पीडन नै वर्गीय समस्याको मूल जड हो ।...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...