ईपो, ३१ जनवरी आइतवारको दिन सुम्निमा साहित्यिक पत्रिका सार्वजानिक गरिएको छ । सुम्निमा भोजनालयको हलमा विमोचन कार्यक्रम आयोजना गरि अस्टिन साम्पाङ राई र आकृति साम्पाङ राईको वाहुलीबाट सार्वजानिक गरिएको हो ।
कार्यक्रममा विमोचित पत्रिकाको लक्ष्य र उदेश्यबारे सुम्निमा फाउण्डेशनको तर्फबाट युवराज सम्पाङ राईले प्रकाश पार्नु भयो । पत्रिका विशुद्ध साहित्यिक र मलेसियाका सर्जक लक्षित रहने कुरा सुम्निमा त्रैमासिक पत्रिका सम्पादन मण्डलको तर्फबाट सम्पादक ईन्द्र नारथुङेले बताउनु भयो । लक्षित समयमा पत्रिका प्रकाशित गर्न नसकेकोमा मलेसियावासी पाठक र सर्जकहरुसँग माफि माग्दै अब द्रुत गतिमा बजारमा ल्याइने र हात हातमा पुर्याइने प्रधान सम्पादक जीवन देवान गाउँलेले बताउनु भयो ।
जीवन देवान गाउँलेको सभापतित्व र ईन्द्र नारथुङेको सन्चालनमा सम्पन्न विमोचन कार्यक्रमका अतिथि दीलिप राई सगर र जीतमान राई सविनले शुभकामना मन्तब्य राख्दै सुम्निमा साहित्यिक पत्रिका सफलताको कामना गर्नु भयो । कार्यक्रममा क्वालालम्पूरबाट बर्षात दर्लामी, बरबोटे माइलाको उपस्थिति रहेको थियो भने पेनाङबाट शीव सुवेदीको पनि उपस्थिति रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।