मलेसियामा स्याङजा समाज गठन - Naya Online

मलेसियामा स्याङजा समाज गठन

syangja samajक्वालालम्पुर । स्याङ्जा जिल्लाबाट मलेसियामा बिभिन्न क्षेत्रमा कार्यरत तथा आफ्नै व्यवसाय गर्दै आएका स्याङ्जावासीहरूले ‘स्याङ्जा सहयोग समाज राष्ट्रिय समन्वय समिति मलेसिया’ गठन गरेका छन् । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव चन्द्रकला तिवारीको प्रमुख आतिथ्यमा सोमबार राजधानी क्वालालम्पुरमा समिति गठन गरिएको हो । लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका तथा निवर्तमान एनआरएन आइसिसिका सदस्यसमेत रहेका भवानी शंकर तिवारीको अध्यक्षतामा समितिले १० सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धर्मराज अर्याल, सचिवमा चेतनारायण न्यौपाने, सह–सचिव सन्तोषी भट्टराई तिवारी, कोषाध्यक्षमा कुशल भट्टराई तथा सदस्यहरूमा हरि कोईराला, गंगाधर सुवेदी, गोविन्द रेग्मी, विनोद गैरे तथा डोलराज न्यापाने रहेका छन् । समितिले श्यामकला तिवारी तथा चोलाकान्त पंगेनीलाई सल्लाहकारमा चयन गरेका छन् । अध्यक्ष तिवारीले विशेषगरि मलेसियामा रहेका स्याङ्जावासी र सम्पूर्ण नेपालीहरूको हकहितमा काम गर्ने र जिल्लालाई पनि परेको बेला आपसी सरसहयोग गर्नका लागि समिति गठन गरेको बताए । यस समितिले मलेसियामा गठन भएका अन्य संघ संगठनहरूसंग हातेमालो गर्दै अघि बढ्ने र नेपालीहरू जहाँ जसरी रहे पनि एकताबद्ध भई दुःख सुखमा साथ दिने जानकारी दिए । समितिले प्रत्येक महिनाको आईतबार क्वालालम्पुरको गोर्खा रेष्टुरेण्टमा बैठक बस्ने निर्णय गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...