जीवनको दोस्रो अध्याय - Naya Online

जीवनको दोस्रो अध्याय

thaku

थाकुहाङ् मेरीङ्
मिङ्सो एक सरकारी स्कुलमा काम गर्थे । उनकी पत्नी हाङ्मा लक्ष्मी वालविद्या बोर्डिङ्मा प्रिन्सिपल थिईन् उनीहरूको सन्तानको नाममा यौटा छोरी थिईन् यस्तै हो मानिसलाई अभावले कहिले नछाड्ने हुदा तिनै अभावहरूबाट मुक्त हुने सपना देखेर हाङ्मा आफन्तहरूको हङकङ आईडी चालिस लाख कमाएर तिर्ने सल्लाह मिले मत्तोमा हङकङ लागिन् घरमा पापा र छोरी मात्र भए ।
हाङ्माले खर्च पठाउदिन थिईन किनकी पहिला उक्त ऋण चुक्ता गरि सक्ने मतो गरेका थिए । यता पापा छोरीलाई मिङ्सोको जागिरले मनग्य हुन्थ्यो, पापा छोरी खान पिन बनाउने खाने स्कुल जाने आउने गर्थे खेतीपाती नभ्याउने हुदा सब अधियामा लगाएका थिए । यसरी पत्तै नभई वर्ष दिन बित्यो ।
हर साँझ हाङ्माले उतैबाट फोन गर्थिन् दुःख सुखका कुरा हुन्थे गाँउमा भरखर सिडिएमए फोन सुबिधाहरू भएको हुदा मिङ्सोले पनि सिडिएमए फोन सेट किनेका थिए ।
हाङ्मा हङकङ जानुपर्ने उती आवश्यकता त थिएन तर मानिसको लालची मनलाई धनको डकार आउदैन रहेछ । यसर्थ उनलाई कमाउने सपनाले निद हराम गरेपछि उक्त सपना साकार पार्न हङकङ पुगेकी थिईन् । मानिसको मुडले कतिखेर कहाँ कस्तो अवस्था लिन्छ, त्यो भन्न नसकिने रहेछ । जब लालची मनमा लोभ जागृत भयो भने त्यो मानिस धनको लागि जस्तोसुकै मुल्य चुकाउन पछि पर्दैनन् । अपसोच ! यहाँ त्यस्तै भयो । हाङ्मा जुन आईडिवाला केटासँग ‘पेपर म्यारिज’मा हङकङ पुगेकी थिईन् उहि उमेरमा छोरा समानको नातामा भान्जा पर्नेलाई वास्तविक माया जालमा फसाउन सफल हुँदै गईन् । यसो भयो भने ऋण तिर्न पनि नपर्ने र कानुनी हिसाबले हेर्दा दम्पती पनि यता मिङ्सोसग पारपाचुके गरिसकेको कागज पनि थियो यसरी चल्दै थियो ।
मिङ्सोले पढाउने स्कूलमा अस्थायी शिक्षिका सेमी पनि ईजरायल जाने भिषा लागेर विदा भईन् । मिङ्सोलाई सन्नटा छाएको महशुस भयो । सब शुन्य लाग्यो जति हाङ्माको अनुपस्थिति लागेको थियो एउटा परिवार हो स्टाफ पनि सो सेमीको विदाईले परिवारको एक सदस्य नभएको महशुस गरायो ।
सेमी उक्त स्कूलमा स्रोत शिक्षकको रुपमा आएकी थिईन् । बोली वचनमा फर्साईली थिइन् । खास त्यस्तो कुनै सम्बन्ध नभई यौटा असल सहकर्मीको नाता थियो । समय समयमा घरमा आउथिन् जान्थिन्, त्यति मात्र हो बाँकी सुख दुःखका कुरा हुन्थे तर उनको विदाईले त्यसै निरासपन छाई रहेको थियो मिङ्सोलाई ।
हाङ्मा हङकङ गएको पनि दुई साल भइसकको थियो, अनि सेमी ईजरायल गएको पनि छ महिना बितिसकेको थियो । सेमीलाई मिङ्सोलाई बेला–बेला फोन गरेर विदेशी पीडाहरू सुनाउथिन् । हाँसी मजाक गर्थिन् । ति समयहरूमा स्कूलको यादहरू स्मरण हुन्थे । यता छोरीले पनि आठ पास गरेर नौमा पढ्ने भईन् । जीवनमा एक्लोपनको पीडा त आफैलाई मात्र थाहा थियो तर भविश्यका केही आशाहरू पालेर पीडा खप्दै थिए ।
तिनै समयमा हङकङबाट भेना पर्ने विदामा नेपाल आए । हाङ्माले भेनाको हातमा केही सामानहरू र पापा छोरीलाई एक–एक सेट मोबाईल पठाई दिएकी थिईन् ।
भेनाबाट सारा कुरा सुने । जुनकुराले मिङ्सो छाँगाबाट खसे झैँ भए । भान्जा पर्ने केटासँग हाङ्माले विवाह गरिसकेकी र कबोलियत पैसा पनि एक पैसा नतिरेको थाहा पाए । मान्छे जाबो सम्पतिको लागि नाता सम्बन्ध आफ्नो आफन्त सब त्याग्ने रहेछन् । विश्वासघाती स्वार्थी मानिसहरूको भरोसा नहुने रहेछ भन्ने स्पष्ट भए । हुन त हाङ्मा स्वार्थी अभिमानी साथै अति महत्वाकांक्षी पनि थिइन ताकी सम्पतिको लागि जे गर्न तयार हुने प्रवृतिकी थिईन् । मिङ्सोलाई पीडा त थपियो नै के गर्ने भेना पर्नेले समाज बोलाएर लिम्बू जातिको रित अनुसार वाध्य भएर पचास लाख रुपिया जारी अर्थमा सहयोगार्थ मिङ्सोलाई बुझाए । मिङ्सोले मानेका थिएनन् तर छोरीको भविश्यको लागि हुन्छ भन्ने सुझाब अनुसार स्विकारे वास्तवमै मिङ्सो कहरको एक्लो जीवनको बटुवा भए ।
समय परिवर्तनसगै फेसबुकको जमना विश्वभर फैलियो यतिकैमा मिङ्सो र उनकी छोरीले फेसबुक खाता खोले यसैक्रममा मिङ्सो र सेमी साथी भए दुःख सुखका कुरा भए हाङ्माको खबर सेमीले सुनी सकेकी थिईन् र बिबाह गर्न सल्लाह दिन्थिन् तर मिङ्सोले सेमीलगायत स्टाफ अनि साथी भाईका सल्लाह बेवास्ता गर्थे । किनकी जो ल्याए पनि कमजोर आर्थिक अवस्था हुनेहरू जहिले धन सम्पतिको अघि हार्नैपर्ने वाध्यता बुझेको थियो । माया प्रेम साथमा मर्ने जिउनेजस्ता बाचा बन्धन यि सब अवसर पाउनु पुर्वका छद्मभेषी नखरा मात्र हुन् जसो तसो जिन्दगी चल्ने माध्यम शिक्षक पेशा छदै थियो सो पुनःविवाहको झमेला सोचेनन् । किनकी, एक शोक एक भोग यसै ठीक छ भनेर डढेलो लागेको मनमा नव जाँगरका हरियाली उमारे तर । हर समय सेमीले भिडियो कल र भाईवर कल गरिरहन्थी । आफ्नी झैँ लागिरहेकी थिईन्, फाल्तु गफ केही गर्दैन थिए ।
छोरीले नौ पनि राम्रो पास गरिन् । हाङ्माले पढाउने बोर्डिङ्मा पढ्थिइन् । त्यसैक्रममा एक दिन छोरी स्कूलबाट घर फर्किनन् अनि स्कूलमा बुझ्दा स्कूल नआएको थाहा पाए । मिङ्सोलाई अति तनाब प¥यो । यता उति उनको साथीहरूलाई सोध्दा त्यहि बोर्डिङ् मुन्तिरको केटासँग बिहानै भागेको खबर पाएपछि झन् मर्माा्हत भए । केटा समाजले बनाएको दलित जाति थियो जसलाई केटोलाई तीन वर्ष अघि मिङ्सोले नै पढाएका थिए । सेन्टअपमा फेल भएपछि साउदी अरब गएको थिए । अति सामान्य अवस्था र ठुलो परिवारका सो केटासँग फेसबुकमा भेट भएर माया प्रेममा फसेको थाहा हुन आयो । मिङ्सोको छोरी भरखर सोह्रमा लाग्दै थिईन् । अन्य जातिमा भए फर्काएर ल्याउने र दण्ड सजाय दिने चलन हुन्छ तर लिम्बू समाजमा जुनै जात वर्ण वर्गसँग गएकी छोरी फर्काएर ल्याउने चलन नभएकोले वास्ता गरेनन् अब छोरीले आफ्नो जिन्दगीको निर्णय आफै गर्न सक्ने भएपछि वास्ता गर्न ठिक लागेन सामाजिक मौलिक मान्यता अनुसार उन्ले छोरी ज्वाईलाई रितभातको लागि समाजको निर्णय अनुसार स्विकारेनन् । किनकी, कसैलाई जातीय रूपले विभेद दमन गर्नु हुन्न तर यसो भन्दैमा आफ्नो मौलिक जातिय परम्परामा बिचलन ल्याउनु हुन्न भन्ने मान्यतालाई मिङ्सोले पनि समर्थन गर्यो आखिर जाने जातले स्वेच्छाले रोजेर गयो त ठिकै भयो भनेर मन बुझाए ।
अब उनी वास्तवमै एक्लिए । जस्तै मनलाई कठोर पारे पनि यादहरूले नपिरोल्ने कुरै भएन घरि स्वास्नीको, घरी छोरीको । यसरी नै तिन वर्ष बित्यो खानपिनको बेटुङ्गो सो स्वास्थ्यमा खराबी हुन थाल्यो तर पनि यस पाल उक्त विद्यालयका प्रअमा बढुवा गरियो झन जिम्मेवारी बढ्यो यो खबर सेमी मिसलाई पनि सुनाए अन्त्यमा खुशी हुदै सेमीले बिबाहको कुरा निकालिन र मिङ्सोले ठट्टाकै रूपमा भन्यो –“बुढेसकालमा नाकको डाँडीमा डन्डिफोर पलाउनु शोभा नदेला ।”
सेमीले अझै जोड गरिन् –“मन गर्नुस् न ।”
“कसले पत्याउँछ होला र !” मिङ्सोको दिक्दारी थियो ।
“म छु नि सर !” प्वाक्क मुख खोलिन् सेमीले फोनबाट । दुबैजना निकै लामोसमय मौन रहे । मौनतामा आफैलेआफैलाई स्वीकारी रहे ।
त्यसपछि उनीहरुको फोनवार्तामा आत्मियता साटिन थाल्यो । जति कठोर भएता पनि मान्छेको मन ढुङ्गाामुढा हैन क्यारे ! त्यो पनि मायामा त पग्लिहाल्ने नै भो । तसर्थ मिङ्सोको भिष्मप्रतिज्ञा तोडिन थाल्यो । हिँउदमासमा सेमी मिस ईजरायलबाट सदाका लागि फर्केर आईन् । अन्त्यमा सेमी मिस र मिङ्सो सरको धुमधामसँग लिम्बू संस्कार बमोजिम बिबाह भयो यस नव दाम्पत्य जीवनसगै जीवनको दोस्रो अध्यायको शुरुवात गरे ।०

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ को दुई मुक्तक –

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ (१) स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म अधिकाशं मुन्छेहरु...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका...

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई...

तान्छोमाको माया

नरेन्द्रराज केरुङ मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या...

वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न

झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।...