मलेसियाको ६० हजारको जागीर छोडेर बाख्रा पालनमा - Naya Online

मलेसियाको ६० हजारको जागीर छोडेर बाख्रा पालनमा

bakhra palana ko

बलराम भट्ट
क्वालालम्पुर, पाँचवर्ष अघि रोजगारीका लागि मलेसिया आउनु भएका सिन्धुपाल्चोकका हिरालाल तामाङले मलेसियाको ६० हजारको जागीर छोडेर गाउँमै बाख्रा पालन गर्दै आफुलाइ आत्मनिर्भर बनाउनु थाल्नु भएको छ ।
धेरैले भन्छन्– बिदेशीएका युवाले आफ्नै घर, खेतमा काम गर्दैनन् वा गर्न चाहदैन्न् । उनीहरू एकतर्फी लगातार साहुको काम गर्यो । आफ्नो तलब लियो त्यसरी नै आफूलाई सजिलो र सुखी बन्ने बानीमा परेका छ । तर हिरालाल तामाङ भने मलेसियाको छँदाखाँदाको जागीर छाडेर घरपरिवारसँगै बाख्रा पालन गर्दै आफुलाई सफल कृषक बनाउन मिहेनतरत हुनुहुन्छ ।
उहाँले मलेसियामा कमाएको कमाईलाई घर खर्चमा मात्र सिमीत गर्नु भएन । घरको गर्जो टार्दैै थोरैथारै गरेर जम्मा गरेको कमाई नै अहिले उहाँको व्यावसाय लगानी बनेको छ । उहाँले सिन्धुपाल्चोक ठुलो सिरुबारी भन्ने ठाउँमा करिब १२ रोपनी जग्गामा बाख्रालाई आवश्यक पर्ने डाले घाँस लगाउनु भएको छ भने बाख्रा पालनको लागि करिब ५ लाखभन्दा बढी रकम लगानी गर्नु भएको छ । उहाँले भन्नुभयो– “अहिले सुरुवात हो त्यसैले २० वटा बाख्राबाट सुरु गरेको छु ।” राम्रो गर्न सकियो भने यसलाइ बढाएर बार्षिक २०० वटा खसिबोका उत्पादन गर्ने उद्देश्य छ । अहिले सुरुवातमा सबै पाठापाठी उत्पादनका लागि २० वटा माउ बाख्रा र एउटा बेड बोकोबाट पाल्न सुरु गरेको तामाङले बताउनु भयो ।

तामाङ अहिले आफ्नै घरपरिवारसँग बसेर आफ्नै बारिमा आधुनिक डाले घाँस लगाएर आफ्नो सुनसान घरलाई गुन्जयमान बनाउदै उराठलाग्दो बाँजो बारी र नाङ्गो पाखाहरूलाई हराभरा बनाउनु भएको छ । किन हिरालाललाई एक्कासी यस्तो सोच आयो त ? घरदेशदेखि परदेश अनि परदेश देखि घरदेशसम्मका उहाँको यात्रा अनुभव समेटिएको कथा उहाँकै शब्दमा–
म आफ्नो कक्षा १२ को पढाइ सकेर घरमा सानातिना घरायसी कामहरू गर्ने गर्थे । मलाइ पहिलेदेखि विदेश जानका लागि त्यति इच्छा थिएन । त्यसैले नेपालमा धेरै ठाउँमा जागिरको खोजी गर्दै हिड्न थाले । धेरै ठाउँमा धाएँ तर भनेको जस्तो र चाहेजस्तो जागीर पाइएन । पाए पनि जिविका धान्न पनि गाह्रो हुनेमात्र पाइए । दिन प्रतिदिन घरमा खर्च बड्दो थियो । धान्न निकै गाह्रो हुन थालेपछि म ऋण खोजेर आजभन्दा पाँच वर्ष पहिले काठमाडौको एक मेनपावर लाई ९५ हजार रूपैयाँ तिरेर मलेसियाको लागि उडेँ ।
मलेसियामा पनि कम्पनी राम्रै पाइयो । काम पनि ठिकै थियो । अनि कमाई पनि चित्तबुझ्दो नै थियो । तर जे जति सुविधा भए पनि मन भने रमाएको थिएन । कारण आफ्नो रोजाइ विदेश थिएन, बाध्यताले मलाई विदेश धकलेको थियो । मलाई आफ्नो परिवारसँगै बसेर केही काम गर्ने र आइपर्ने सुखदुःख आपसमा साट्दा संसारको सबैभन्दा धेरै सुख, खुसी र आनन्द पाएजस्तो लाग्थ्यो । तर के गर्ने थोरै आफ्नो कारणले र धेरै देशको बिग्रदो राजनीतिक परिस्थितिले गर्दा बिदेशीनु परेको थियो । हामी अलिकति पढेलेखेकाहरू खेतबारीमा वा कृषि पेशा गर्न लाज मान्छौँ । अनि सबै काम र काम गर्ने व्यवस्था सरकारले मिलाइदिन्छ कि भनेर आशामा बाटो हेरेर बस्छौ ।
समय र परिस्थिति बदलिँदो हुन्छ । मानिसलाइ आवश्यक पर्ने सरसामानको माग र भाउ बढ्दो हँुदा त्यस्को परिपुर्ति गर्न सकिदैन ।
मलेसियामा काम र दाम ठिकै थियो । बिदेशमा काम गरेर सुख खोज्ने उपायको खोजिमा म सिन्धुपाल्चोकदेखि क्वालालम्पुर आइपुगेको थिएँ । मनले चाहेको र अहिले तत्कालका लागि खर्च टार्ने उपायहरू पनि पाएँ । तर मेरो मन हरबखत बेचैन नै भइरहन्थ्यो । मलाई अहिलेको भन्दा भोलीको वा भविष्यको चिन्ताले प्रायः सधैजस्तो सताउने गथ्र्यो । मलेसियाबाट नेपाल फर्केर के गर्ने ? कि फरि झोला कसेर अर्कै देश जानू पर्ने हो ? यि प्रश्नहरूले मलाई सँधैजसो नै सोच्न बाध्य गराउथ्यो । र, म आफैले स्वः निर्णय गरेँ कि म अब नेपाल फर्केर आफ्नै गाउँमा मेरो भबिष्यको सम्भावनाको खोजी गर्छु ।
यहाँजस्तो दैनिक खट्ने हो भने त नेपालमा त चरीको दुध उब्जिन्छ । यहाँ कति खट्नुपर्छ ? साच्चै भन्ने हो भने असार साउनका रोपाइँमा खटिएका गोरूको जीवन मैले बिताउदै थिए । र, बिदेशीका प्रायः नेपालीहरूको मेरै जस्तै खटाइ छ होला ।
बिहान अध्यारैमा हतार हतार उठेर आँखा मिच्दै कम्पनी जाउ, अनि बेलुका आँखा चिम्लिदै राति हँुदी होस्टलमा आउ, खाना बनाउदा, नुवाइ धुवाइ गर्दा रातको १२ बजेतिर खाना खायो, सुत्ने समय त राती १ बजे नै हो । दैनिक यस्तै कामले म वाक्क हुन्थे ।
अनि म कैले कहि सोच्थेँ किन यति धेरै दुख, यति धेरै चुनौतीको भागिदार हुनु पर्छ हामी नेपाली ? कम्पनीले चाहे जति काम सफलतापुर्वक सम्पन्न गर्दा पनि धन्यवादको पात्र हुन सकिदैन, किन होला ? पक्कै पनि दासत्वाको पराकाष्ठा हुनु पर्छ । हामीप्रति रोजगारदाताको हेपाहा प्रवृत्ति बढेको छ ।
हामी प्राकृतिक सम्पदाले धनी देशका नागरिक । हामी हाम्रा सबै सम्पती छोडेर सम्पत्ति कमाउनकै लागि बिदेश आएका हुन्छौ । आफैलाइ बेचेर, केही बाध्यताले बिदेशीका हुन्छौ । तर पोल्टाको बहुमुल्य बस्तु पोखिएको थाहा पाएनौ । आफ्नै स्वामित्वमा भएको खोला, नाला, वनजंगल जमिनजस्ता असीमित सम्पत्तिका स्रोतलाई सहि सदुपयोग गर्न छाडेर, हामी केही सिमित पैसा कमाउन भौतारिएका हुन्छौ ।
आज बिदेशी नागरिक नेपालमै गएर विभिन्न पेशा गरेर लाखौ रूपैया कमाई रहेको हामी देख्न सक्छौ । तर पनि हामी भने सम्पत्ति कमाउनैको लागि बिदेशमा आफ्नो अमुल्य समय, पसिना र जीवनदान दिइरहेका छौ । अनि मलाई लाग्ने गर्छ ! कि विदेशमा गरेको यति धेरै त्याग र तपस्याले नेपालमा पक्कै केही गर्न सकिन्छ ।
म सन् २०११ देखि मलेसियामा गठन भएको नेपाली युवाहरूको साझ संगठन मेचीमहाकाली युवा समूह भन्ने संगठनमा आवद्ध भए । समुहले बिदेशमा भइपरी आउने समस्याको समाधान खोज्नको साथै युवाहरूले बिदेशमा कमाएको पैसालाई नेपालमै लगानी गर्नुपर्छ र आफै स्वारोजगार बन्नुपर्छ भन्ने सोचलाई प्राथमिकता दिन्थ्यो ।
हामीले कमाएको पैसा विभिन्न महँगा लुगा, कपडा र विलासी सामाग्रीमा खर्च गर्नु हुदैन । आफ्नो दैनिक हुने फजुल खर्चलाई कटौती गरेर हामीले बिदेशबाट फर्केर गाउँमै केही व्यापार, व्यावसाय सुरु गर्नुपर्छ । यसो गर्दा हामी फेरि घर खर्च टार्नको लागि अर्को देश जानू पर्दैन । त्यसो गर्नको लागि हामीले अहिलैदेखि के सोच बनाउनु पर्छ र त्यस्को लागि कति पैसा लाग्छ ? लाग्ने पैसालाई आजैदेखि बचत गर्ने बानी गर्नुपर्छ भन्नेजस्ता जागरणमुलक कार्यक्रमहरू बेलाबेलामा समुहले आयोजना गर्ने गर्दथ्यो । समुहका
त्यसता कार्यक्रममा म पनि सहभागी हुने गर्थे ।
मेचीमहाकाली युवा समुहमा आबद्ध भएपछि मलाई पनि केही आत्मबल बढ्यो । आफ्नो बाँझो रहेको जग्गामा बाख्राको लागि डाले घाँस लगाउने, यहाँ कमाएको केही कमाईले बाख्रा किनेर पाल्ने सोँचका साथ म गाउँ फर्किएँ ।
म घर फर्किएको केही समयमै भुकम्प आयो । घर लडायो । हामी सबै जना कामका लागि बाहिर भएकोले हामीलाई केही भएन तर घर पुर्णरूपले भत्कियो । घर भत्किए पनि मैले विदेशमा गरेको दुख सम्झिएँ अनि त्यहाँ बनाएको सोँचलाई भत्कन दिनु हुन्न भन्ने अठोट फेरि गरेँ । मलाइ त्यो बेला निकै गाह्रो भयो भएको थियो । त्यतिबेला दोधारमा परे । अब घर बनाउने कि बाख्रा पाल्ने ? अलि कति पैसा त छ । तर मैले घर बनाइनँ आफू त्रिपालमा बसेर भुकम्पले लडाएको घरको काठपातलाई प्रयोग गरेर एउटा खोरको निर्माण गरे अनि त्यो बेला २० वटा माउ बाख्रीबाट सुरु गरेको अहिले ५० वटा भएको छ । सुरुमा घासको समस्या थियो तर अहिले आफ्नै जग्गामा लगाएको घाँस प्रयोगमा आएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...