'माओवादीले दिएको दुःखका कारण बिदेशीनु पर्यो' - Naya Online

‘माओवादीले दिएको दुःखका कारण बिदेशीनु पर्यो’

shramik bart

 टोपनारायण भण्डारी
सल्यान कालीमाटी, हालः वेष्ट पोर्ट, पोर्ट क्लाङ सेलाङ्गर

१८ महिना अगाडी मलेसिया आईपुग्नु भएका सल्यान कालीमाटीका टोपनारायण भण्डारीका टिठ्लाग्दा मलेसिया भोगाईका बारेमा गरेको कुराकानीको संक्षिप्त रूप ।
नेपालमा के गर्नु हुन्थ्यो ?
म नेपाल अध्ययन नै गर्थे । विद्यार्थी सँगै सुर्खेतमा गएर फुपुको मादिरा डिलरमा काम गर्थे । फुपुको आफ्नै डिलर भएकोले मलाई खान बस्नसहित १० हजार रूपैया दिने गर्नुहुन्थो । तर काम चाहि फुपुकोमै भएपनि दैनीक १६ घण्टासम्म गर्नु पथ्र्यो । काम अलिक ‘हार्ड’ नै थियो । देशी तथा बिदेशी बिभीन्न रक्सीहरू लोड तथा अनलोड गरिरहनु पथ्र्यो । काम हार्ड पनि भयो र दैनकि लामो समयसम्म गर्नु परेकोले पनि होला मेरो शरीरमा समस्या हुन थाल्यो र बिरामी भएर सुत्नु पर्यो । बिरामी भएपछि म फेरि काममा फर्कन सकिनँ । म सुर्खेतबाट गाउँ फर्किए र उपचार गरेर बसे ।
विदेशीन केले बाध्य गरायो ?
वास्तबमा म माओबादी पाटीका कारण बिदेशीनु पर्योे । म गाउँमा नभएको बेला माओवादीले हाम्रो घरमा आएर मेरो बुवा तथा परिवारलाई दबाब दिने गर्दो रहेछ । हामी साधारण गरिखाने किसानलाई पटक पटक प्रेसर दिन थालेपछि बुबाले त्यसको प्रतीकार गर्नु भएछ । बुवाले प्रतिकार गर्दा जंगलमा लगेर हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेछन् । बुवालाई पछि फेरि भाईलाई समेत त्यसरी नै पिटेर त्यसस्तो अबस्था सुनेपछि म गाँउ फर्के । फुपुकोमा अलिअली कमाएको पैसाले समेत बुवा र दाजुको उपचार गराउन पुगेन । ऋण गरेर उपचार गराउनु पर्यो । बुवा र भाईको उपचारका लागि लिएको ऋण तिर्न नै बास्तवमा म बिदेशिनु पर्यो ।
बैदेशिक रोजगारीका लागि मलेसिया नै किन रोज्नु भयो ?
मलेसियाबाट फर्केर गएका साथीहरूले मलेसियाका बारेमा बताएका थिए । नेपालको जस्तै हावा पानी, नेपालको जस्तै खानाको परिकार तथा हिडडुल गर्नमा स्वतन्त्रता छ भन्ने गरेको सुनेर मैले बैदेशिक रोजगारका लागि मलेसिया रोजेको हु ।
नेपालको कुन मेनपावरलाई कति तिरेर आउनु भएको ?
काठमाडौको सामाखुसीमा अबस्थित मास मेनपावरलाई १ लाख ५५ हजार तिरेर आएको हु ।
नेपालमा मेनपावरले तपाईले यहाँ गर्ने काम र तलबको बारेमा के के भनेको थियो ?
नेपालको मेनपासरले मलाई फुड कम्पनी भनेर पठाएको थियो । तर यहाँ आएर जुस कम्पनीमा पर्यो । नेपालमा ओभरटाईम समेत गरेर मासिक एक हजार ६ सयसम्म कमाई गर्न सकिन्छ भनेको थियो । तर यहाँ दैनिक १४ घण्टा काम गर्दा पनि बल्ल तल्ल १ हजार २ सय आउँछ । नेपालमा भनेको जस्तो छैन नै भन्नु पर्यो ।
तपाईलाई सबैभन्दा पहिला मलेसियाको एयरपोर्टमा झर्दा कस्तो अनुभव भयो ?
सुरुमा मलेसियाको एरपोर्टमा झर्दामा म कहाँ हो कहाँ आए जस्तो लाग्यो । सफा भुई मगमगाएको बासना लगायतले मेरो मनमा नेपालमा यस्तो भईदिए कत्ति राम्रो हुन्थ्यो होला भन्ने महसुस भयो । मनमा अब कता जाने के गर्ने होला, कसरी कम्पनी पुग्ने हो भन्ने कुराले सताउन थालेको थियो ।
एयरपोर्टभित्र पसिसकेपछि तपाईले केके देख्नु भयो ?
एयरपोर्टभित्र पसेपछि हामी प्रतिक्षालयतिर जानु पर्ने रहेछ । हामी पनि त्यतै गयौ । त्यहा पुग्दा त हामी जस्ता नेपाली सयौको हाराहारीमा रहेछन् । कोहि हप्ता दिन देखी त्यहि बसेको, कोहि १५ दिनदेखी त्यही बसेको जस्ता कुरा सुन्न थालीयो । पिसाब गर्न जान पनि प्रहरीलाई पैसा दिनु पर्यो । बिना पासपोर्ट पिसाब गर्नु पनि प्रहरीले नदि“दो रहेछ । अन्य साथीहरूको बिजोग देख्दा मलाई पनि यसैगरि समयमा लिन नआएर यहि अलपत्र परेर पो बस्नु पर्ने हो कि भन्ने डर मनमा पस्न थाल्यो । तर मलाई चाहि करिव ४ घण्टामा नै लिन आयो । र, मेरो डराईरहेको मन केहि भए पनि हल्का भयो ।
एयरपोर्टबाट फर्कदा बाटोमा देखिने विविध दृश्यले मनमा कस्ता कुरा खेलेका थिए ?
एयरपोर्टबाट मैले काम गर्ने ठाउँ पुग्न करिब १ घण्टा लाग्दो रहेछ । सायद एयरपोर्टमा मलाई लिन आउने व्यक्ति कम्पनीकै प्रतिनिधी भएको हुनुपर्छ । एयरपोर्टबाट बहिर निस्कने बित्तिकै मलेसियाका चिल्ला कालोपत्रे गरिएको फराकिला बाटाहरू, गगन चुम्ने महल बाटोका किनारमा हरिया रुखबिरुवा, हेर्दै पनि आ हा ! देख्दा मनमनै वा बिदेश भनेको त यस्तो पो हुदो रहेछ त भन्ने लाग्यो । अनि मनमनै सोच्न थाले मेरो नेपाल कहिले यस्तो होला ?
बाहिरको रमाईला दृष्य देखेपछि आफु काम गर्ने कम्पनी पुग्दा कस्तो महसुस भएको थियो ?
बाहिरका रामाईला दृष्यहरू हेर्दै विदेशका बारेमा मनमा राम्रा राम्रा, रमाईला कुरा खेलीरहेको मेरो मन होष्टल पुगेपछि बिरक्तीयो । एउटा ठुलो सभाहल जत्रो कोठामा बस्नु पर्ने, कोठा पनि उस्तै फोहोर, एउटै कोठामा १८ जना बस्नु पर्ने देख्दा त मेरो मन नरमाईलो लाग्यो ।
तपाईलाई कम्पनीमा पहिलो दिन के के गराईयो ?
होष्टल आएको भोलीपल्ट मलाई काममा लग्यो । मलाई त नेपालमा फुड्स कम्पनी भनेर पठाएको तर यहाँ आएर जुस कम्पनी भएको थाहा पाएँ । सुरुमै मलाई मेनपावरले झुट बोलेको थाहपाएर रिस उठ्यो । मलाई सुरुको दिन मै ५० किलोको बोरा उठाउन लगायो । साथै अन्य कामको बारेमा केहि जानकारी लिईयो ।
काम गर्दै गएपछि कम्पनीको काम र कमाईमा कत्तिको संतुष्ट बढ्न थाल्यो ?
नेपालमा मेनपावरले भनेअनुसारको काम नभएकोले सुरुमै रुष्ट भएको म काममा सन्तुष्ट हुने कुरै भएन । कमाई पनि नेपालमा मेनपावरले भने भन्दा कम नै छ । काम धेरै नै गाह्रो छ । त्यसैले काम र कमाई शन्तोष जनक नभएर म बिचमै स्वदेश पनि फर्कन चाहेको थिए । तर कम्पनीले पनि नदिए पछि जान सकिन । अबैधानीक भएर काम गर्न मन लाग्दैन । र अबैधानीक भएर घर पनि जान मनले नमानेको हुदा म बाध्य भएर याहि कम्पनीमा काम गर्न बाध्य छु ।
तपाई यत्तिका समय मलेसिया बसेर के कमाउनु भयो के गुमाउनु भयो ?
मलेसिया आएर श्रम के हो भन्ने बारे प्रत्यक्ष बुझ्न पाए । समयको पालना कसरी गर्ने भन्ने बारे पनि राम्रोसँग महसुस गर्न पाए । अर्काको अधिन र खटनमा काम गर्नुको नमज्जाको बारेमा थाहा पाएँ । मैले पाएको भनेको नै यस्तै हो । यत्तिसम्म खटिएर काम गर्दा पनि अहिलेसम्म आएको ऋण मात्र तिर्न सकेको छु । कमाउन केहि सकिएन । काम अनुसारको दाम नभएरै यस्तो भएको हो । मलेसियामा महिले मेरो उर्जा शक्ति मात्र नाश गरे । मेरो युवा जोश जागर मलेसियामै नष्ट भयो ।
नेपाल कहिले फर्कने ?
अब जसो तसो आफ्नो ३ वर्षको कार्यकाल सकेर फर्कने छु । मलेसिया आएको १८ महिना भयो, बाँकी १८ महिना पछि आफ्नै देश फर्केर अर्काको देशमा कहिलै नजाने प्रतिबद्धता समेत गरेको छु ।
नेपाल फर्केर के गर्ने योजना छ ?
बरु जस्तो सुकै दुःख होस या समस्या होस, अब म आफ्नो देश छोडेर कहि जान्न । बिदेश के हो भन्ने कुरा महिले मलेसियाबाटै चिने । अब आफ्नै नेपाल फर्कर सानो तिनो ब्यवसायसँगै आफ्नै करेसाबारीमा कुटो कुटो कुदालो गरेर बस्छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...