नेपाली काँग्रेस राजविराजमा देव निर्वाचित - Naya Online

नेपाली काँग्रेस राजविराजमा देव निर्वाचित

सप्तरी, २१ माघ । नेपाली काँग्रेस राजविराज नगर अधिवेशनले शम्भु देवलाई नगर सभापतिमा निर्वाचित गरेको छ ।

राजविराजस्थित केशरी अ. माविमा बुधबार सम्पन्न अधिवेशनमा ३०९ मत प्राप्त गरी देव निर्वाचित हुनुभएको बताइएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा रहेका प्रभातकुमार ललनले २२८ मत मात्र ल्याएको काँग्रेस सप्तरीले जनाएको छ ।

यस्तै, सचिवमा शत्रुघनप्रसाद साहले २९५ मत ल्याएर विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी दीपक चौधरीले २३३ मत मात्र प्राप्त गर्नुभएको जिल्ला समिति सदस्य उमेश मिश्रले बताउनुभयो ।

कोषाध्यक्षमा मेराज अन्सारी २९२ मत ल्याएर निर्वाचित हुनुभएको बताइएको छ । अन्सारीका निकटतम प्रतिद्वन्द्वी बिमल श्रेष्ठले २२६ मत मात्र प्राप्त गर्नुभएको छ । सदस्यहरुमा दीपनारायण साह, रमेश साह, क्षेत्रीय प्रतिनिधि दलिततर्फ कमल परियार, चन्द्रकला परियार लगायत रहेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।

सम्पन्न निर्वाचनमा मधेसी÷मुस्लिम÷अल्पसङ्ख्यकतर्फबाट प्रदिम साह, विजयकुमार चौधरी र प्रदीप सिंह निर्वाचित भएको बताइएको छ । नगर अधिवेशनमा कुल ६७५ मतदाता रहेकामा ५६२ मत खसेको र १४ वटा मत बदर भएको निर्वाचन अधिकृत शैलेन्द्र मण्डलले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...