संगम राईलाई आमनेपालीले दर्शकले ‘भ्mयाइकुटी झ्याई’ कि ‘लभ्ली’ भनेर मात्र चिन्छन् । विगत ३ वर्षअगाडि देखि ‘झ्याईकुटी झ्याई’ नेपाली टेलिभिजनको पर्दामा पर्दापण भएपछि मात्र उनको परिचय नेपालमा फैलिएको हो । तर उनी भोजपुरी फिल्मकी चर्चित नायिका हुन् भन्ने थोरैलाई मात्र जानकार छ । ‘खामार सोजनवा साथ निभाई’, ‘हामार संगम’, ‘हाम तोहरा दिल जी सक’, ‘मुखियाजी के लभस्टोरी’ आदि उनका भोजपुरी भाषाका रिलिज भएका चलचित्र हुन् भने रिलिज हुन धेरै बाँकी छन् । यतिमात्र होइन, सुहागिन टेलिभिजनमा उनको ‘आहाके विन हम जि न सके’ नामक मैथिली टेलिसिरियल समेत धारावाहिक भइरहेछ ।
२०४४ सालमा बुबा गणेशकुमार वान्तवा राई र आमा मैया राईको कोखबाट ३ भाई र १ बहिनीमध्ये जेठी छोरीको रुपमा उनले उदयपुरको बाक्सिलामा जन्म लिएकी हुन उनले । हाल पनि उनको पितृपरिवार सुनसरीको धरानमा रहेका छन् । उनको आप्mनै परिवार भने सानैदेखि काठमाडौस्थीत सीतापाइलामा रहँदै आएको छ । सीतापाइलामा अध्ययनसँगसँगै तेक्वान्डो खेलमा समाहित भएपछि उनले उक्त खेलमा ब्ल्याकबेल्ट लिएकी छन् । तर सानैदेखि कलाकारिताले गर्दा खेललाई नै जीवन बनाउन नसकेता पनि खेललाई चटक्क छाडेकी पनि छैनन् । कलाकारितातर्फ लाग्नमा उनलाई उनको ममीले साथ दिनुभएको कुरा उनी निर्धक्क बताउँछिन् ।
काठमाडौंमा आएर खेलक्षेत्रका साथै कलाकारितामा सक्रिय हुँदै गर्दा भोजपुरी चलचित्रको लागि कलाकार चाहिएको छ भन्ने सुनेपछि विरगञ्ज पुगेको कारण उनको कलायात्रा विहार क्षेत्रमा जमेको हो । ‘म त सानी नै थिएँ तर मलाई नायिकामा फिट गराएर लगे । म आफैलाई हिरोइनको उमेरमा नपुगेजस्तो लागे पनि खै के के गराएर तरुनी पो बनाए ।’ उनी भन्छिन् ।
भोजपुरीले त मोटी नायिका खोज्छन् रे नि ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘म मोटी नै त छु नि, हेर्नुस् त ! मलाई स्लीम मन पर्छ । तर भोजपुरीको लागि अफर आयो भने एक महिनादेखि मोटाउन शुरु गर्नुपर्छ ।’
मोटी खोज्नुको कारण खाइलाग्दी हुनु त्यहाँको कल्चरमा राम्रो हुनु हो कि ? भन्ने उनको ठम्याई छ । मोटोपनमा सेक्सअपिल पनि त ज्यादा हुने कुरामा भने उनले प्रतिवाद गरिन् । भोजपुरी चलचित्रमा बढिजसो चोली घाँघर लगाउँछन् । चोली घाँघरमा कहाँ सेक्सअपिल नहुने कुरा बताउँछिन् ।
केही नेपाली नायिकाहरू भोजपुरी चलचित्रमा जमेका छन् । उनीहरूले आप्mनो अनुभवमा नायिकालाई अण्डा र टमाटरले हान्ने कुरा बताएका थिए । तर लामो समयमा पटनामै बसेर भोजपुरी फिल्मी इण्डष्ट्रि राम्ररी बुझेकी संगमले ‘एउटा चाडमा सडकमा हुलका हुल युवायुवती हिड्छन् । त्यसबेला अण्डा र टमाटरले हान्ने गरिन्छ । केही नेपाली नायिकाहरू त्यो चाडको बेला पुगे होलान्, र अण्डा र टमाटरको लोला खाए होलान् । र, नेपाली मिडियामा यो कुरा राखेको हो ।’ भनेर स्पष्ट पारिन् ।
लामो समय भोजपुरीमा संघर्ष गर्दा नेपालमा सँगसँगै कला सिकेका गरिमा पन्त र नन्दिता केसीहरू कहाँ कहाँ पुगिसकेको उनलाई भान भयो । अनि उनले पटना छोडेर नेपाल आउने प्रयत्नकै क्रममा पुराना चिनजानको आधारमा कलाकार दमन रुपाखेती र शेखर खनालले झ्याईकुटी झ्याईमा लभ्लीको भूमिका प्रतिस्थापन गरेर नेपालमा चर्चित हुने वातावरण तयार गरे । ‘उहाँहरूले मलाई यहाँ ल्याएर ज्यादै ठूलो गुन लाउनुभएको छ । उहाँहरू मेरो नेपाली सिनेजगतमा गडफादरजस्तै बन्नु भएको छ ।’ उनी रुपाखेती र खनालप्रति नतमस्तक हुन्छिन् ।
लभ्लीको भूमिका झण्डझण्डै स्वीटीको जस्तो छ । तर स्वीटीको लवज पूरा दार्जिलिङ्गे र उनको लवज अहिलेका युवायुवतीहरूले बोल्ने खालको रहेको कुरा बताइन् –‘स्वीटीको लवज पहिले नै चर्चित भइसकेकोले गर्दा मेरो लवज पनि त्यस्तै बुझिदिएका मात्र हुन् ।’
झ्याइकुटी झ्याईबाहेक नेपाली कथानक चलचित्र ‘फिफा वल्र्ड कप अफ नेपाल’, ‘उदयपुरे कान्छा’, टेलिचलचित्रहरू ‘को आप्mनो को विरानो’, ‘प्रयास’, ‘परिस्थिति विकृति’ र तराई टेलिभिजनमा ‘गाइके त्रिशुल’ मा अभिनय गरेकी उनल शिव परियार, रामचन्द्र काप्mले, आनन्द कार्की, राजेश पायल राईका गीतहरूमा समेत काम गरेकी छिन् । तर यतिका काम गर्दा पनि कमेडी चर्चित हुनुका कारण भने ‘अहिले देशको परिस्थिति नै त्यस्तै छ । त्यसैले गर्दा होला ।’ भन्ने अनुमान गर्छिन् ।
–देवेन्द्र सुर्केली
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।