मध्यवर्तीका पूर्व पदाधिकारीको ग्यालरी - Naya Online

मध्यवर्तीका पूर्व पदाधिकारीको ग्यालरी

चितवन, २१ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष र कार्यसमितिका सदस्यलाई समेटेर सङ्गमस्थल (ग्यालरी) गठन गरिएको छ ।

संरक्षणका क्षेत्रमा उनीहरुले पुर्याएको योगदान र अनुभवलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले भरतपुरको गोद्राङस्थित सिमसार सूचना केन्द्रमा कार्यालय रहने गरी ग्यालरी गठन गरिएको हो ।

विश्व सिमसार दिवसका अवसरमा बुधबार त्यहाँ भेला भएका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका स्थापनाकालदेखि हालसम्मका पदाधिकारी एवम् सदस्यले ग्यालरी बनाएर संरक्षणमा जीवन्त योगदान पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार मध्यवर्ती गठन भएको २०५४ सालदेखि हालसम्मका पदाधिकारी एवम् सदस्य ग्यालरीमा रहने छन् ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण भूर्तेलले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा देखिने समस्यालाई समाधान गर्दै संरक्षणमा जीवन्त योगदान पुर्याउन ग्यालरी प्रभावकारी बन्ने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...