स्वास्थ्य चौकीमा न्यानो झोला अभाव हुँदा शिशुलाई जोखिम - Naya Online

स्वास्थ्य चौकीमा न्यानो झोला अभाव हुँदा शिशुलाई जोखिम

डडेल्धुरा, २१ माघ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा न्यानो झोलाको अभाव हुँदा शिशुहरुलाई जोखिम बढेको छ । न्यानो झोलाका अभावमा नवजात शिशुका परिवारले घरबाट ल्याएको कपडामा बच्चा राख्दा चिसोका कारणले विभिन्न किसिमका रोगको सङ्क्रमण हुनुका साथै न्यानो कम हुने भएकाले जोखिम बढेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले टेन्डरमार्फत एक हजार न्यानो झोला खरिद गरेको भएपनि समयमा झोला आइनपुग्दा नवजात शिशुलाई समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले न्यानो झोला खरिद प्रक्रिया सुरु गरेको झन्डै दुई महिना बितिसक्दासम्म पनि जिम्मेवारी पाएको ठेकेदारले खरिद नगरेकाले स्वास्थ्य चौकीमा न्यानो झोलाको अभाव भएको हो ।

डडेल्धुरा जिल्लामा रहेका १८ स्वास्थ्य चौकीसहित जोगबुढा अस्पतालमा एक महिनाभन्दा पहिलेदेखि नै न्यानो झोलाको अभाव भएको छ ।

बच्चा जन्मेपछि आफूले पसलबाट किनेको कपडामा बच्चा राखेको जोगबुढाकी एक सुत्केरी महिलाले बताइन् । न्यानो झोला नहुँदा बच्चा जन्मदा सुत्केरी महिलाले घरबाटै ल्याएको कपडा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...