वर्षौंदेखि राहत शिक्षकको भरमा विद्यालय सञ्चालन - Naya Online

वर्षौंदेखि राहत शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी, २१ माघ । महोत्तरीको लक्ष्मीनियाँ– ७ मा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालय कान्तिबजार वर्षौंदेखि राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ ।

सो विद्यालय २०६२ सालदेखि नै राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । उन्नाइसजना शिक्षक कार्यरत रहेको सो विद्यालयमा १० जना राहत शिक्षक कार्यरत रहेका छन् । त्यस्तै सो विद्यालयमा एक स्थायी र एक अस्थायी शिक्षक रहेका छन् भने बाँकी शिक्षक निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालय स्रोतले जनाएको छ ।

न्यून आर्थिक स्रोत रहेको सो विद्यालयमा दरबन्दी मिलान हुन नसक्दा विद्यालय सञ्चालनमा कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिनुभयो । दरबन्दी मिलानका लागि जिल्ला शिक्षा कार्यालय महोत्तरीमा बारम्बार लिखित एवम् मौखिक रुपमा जानकारी गराउँदासमेत आफूहरुको समस्याप्रति सम्बन्धित निकायले खासै चासो नदेखाएको प्रधानाध्यापक सिंहको गुनासो छ ।

कक्षा ५ देखि माथि तहका विद्यार्थीसँग भर्ना शुल्कमा रकम थप गरी सङ्कलन भएको रकमले विद्यालय सञ्चालनमा सहयोग पुग्दै आएको विद्यालय स्रोतले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी शत्रुधन यादवले दरबन्दी मिलान हुन नसक्दा महोत्तरीका अधिकांश विद्यालयको अवस्था लथालिङ्ग रहेको बताउनुभयो ।

जिल्लामा दरबन्दी मिलान २०५६ सालदेखि रोकिएको तर विद्यालय अनुमति दिने कार्य दिनप्रतिदिन बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको शिक्षा अधिकारी यादवले स्वीकार गर्नुभयो ।

अबको दुई तीन महिनापछि जिल्ला शिक्षा समितिको बैठक बसी जिल्लाभरिमा शिक्षक दरबन्दी मिलान गरिने यादवले भन्नुभयो ।

विद्यालयमा रहेको एनटिसी र एनसेलको टावरबाट आउने मासिक रकम नै विद्यालयको मुख्य आम्दानीको स्रोत रहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...