मोरङका चार पत्रकारलाई पुरस्कृत गर्ने निर्णय - Naya Online

मोरङका चार पत्रकारलाई पुरस्कृत गर्ने निर्णय

पानीट्याङ्की (मोरङ), २१ माघ । नेपाल पत्रकार महासङ्घ मोरङले चार पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

महासङ्घ शाखाको पुरस्कार छनोट समितिको बुधबार सम्पन्न बैठकले प्रतिभा पत्रकार पुरस्कार विक्रम लुइँटेल र अजित तिवारी तथा नगर विकास पत्रकारिता पुरस्कारबाट कुमोद अधिकारी र बिनु तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको हो ।

महासङ्घ मोरङ शाखाले हरेक वर्ष प्रदान गर्दै आएको रु ११ हजार एक सय राशिको पत्रकारिता पुरस्कार पाउने लुइँटेल ‘कोसी खबर डटकम’ र ‘उज्यालो दैनिक’मा र तिवारी नागरिक दैनिकमा आबद्ध छन् ।

यसैगरी नगद रु पाँच हजार राशि रहेको नगर विकास प्रतिभा पुरस्कार पाउने अधिकारी रेडियो नेपाल र तिम्सिना मकालु टेलिभिजनसँग आबद्ध छन् ।

सबै पुरस्कार माघ २३ गते मोरङको पथरीमा हुने महासङ्घको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिने शाखाका सचिव नवराज कट्टेलले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...