
२६ पुस, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच आइतबार कार्यदलस्तरमा छलफल हुँदैछ । शनिबार बस्ने भनिएको बैठक कार्यदलका सदस्य तथा कांग्रेस नेता महेश आचार्य अनुपस्थित भएपछि स्थगित भएको थियो ।
आइतबार तीन बजे बस्ने बैठकमा मोर्चाले राखेका ११ बुँदे मागमा साझा धारणा बनाउने प्रयास हुनेछ । यसअघिका बैठकहरुमा मधेसी मोर्चाले राखेका मागमा बुँदागत छलफल हुँदै आएको थियो ।
तराई मधेस लोकतान्त्रिकम पार्टीका सहअध्यक्ष हृदयस त्रिपाठीले ११ बुँदे मागमा सकारात्मक छलफल भैरहेको बताए । उनले राजनीतिक संयन्त्रको वैधानिकताबारे एकीकृत धारणा बनाउन प्रमुख दलहरुलाई आग्रह गरिएको जानकारी दिए ।
प्रमुख दलले सीमांकन हेरफेरको बिषयलाई राजनीतिक संयन्त्र मार्फत टुंगो लगाउन प्रस्ताव गरेका छन् । यस बिषयमा सकारात्मक देखिएको मोर्चाले त्यसको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।


