अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड - Naya Online

अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड

Amitabh-Bachchan-Ranveer-

मुम्बई । मुम्बईमा सम्पन्न स्टार स्क्रिन अवार्डमा अमिताभ बच्चन र रणबीर सिंहले सर्वोत्कृष्ट अभिनेताको अवार्ड संयुक्त रुपमा पाएका छन् । दीपिका पादुकोणे सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

शाहरुख खान, सलमान खान जस्ता ठूला स्टारलाई पछि पार्दै रणबीरले बाजीराव मस्तानीबाट अवार्ड पाएका हुन् । पिकुबाट अमिताभ बच्चनले पनि सर्वोत्कृष्ट नायकको अवार्ड पाए भने सोही फिल्मबाट दीपिका पादुकोण सर्वोत्कृष्ट घोषित भइन् । पिकु र तमाशाबाट पिपुल च्वाइसको अवार्ड पनि दीपिकाले नै हात पारिन् ।

सलमान खान अभिनित बजरंगी भाइजानले सर्वोत्कृष्ट फिल्मको अवार्ड पायो भने तलवारले जुरी च्वाइस अवार्ड पाएको थियो । तलवारबाटै इरफान खानले सर्वोत्कृष्ट अभिनेताका लागि जुरी च्वाईस अवार्ड पाए ।

बजरंगी भाईजानका निर्देशक कबीर खानले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए भने सर्वोत्कृष्ट पपुलर अवार्ड शाहरुख खानले पाए । हषर्ाली मल्होत्राले बजरंगी भाइजानवाट सर्वोत्कृष्ट वालकलाकारको अवार्ड जितिन् । तनु वेड्स मनु रिटन्र्सबाट दीपक डोबरियालले सहअभिनेताको अवार्ड पाए ।

हलिउडमा समेत प्रभाव छाड्न सफल पि्रयंका चोपडाले बाजीराव मस्तानीबाट सहअभिनेत्रीको अवार्ड पाइन् । शाहरुख-काजोलको जोडीलाई दिलवालेका लागि सर्वोत्कृष्ट जोडीको अवार्ड दिइएको उक्त कार्यक्रममा ऋषी कपुरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

बजरङ्गी भाइजानले सर्वोत्कृष्ट कथा र पिकुले सर्वोत्कृष्ट संवादको अवार्ड पाएको थियो । कार्यक्रममा बलिउडका चर्चित कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...