अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड - Naya Online

अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड

Amitabh-Bachchan-Ranveer-

मुम्बई । मुम्बईमा सम्पन्न स्टार स्क्रिन अवार्डमा अमिताभ बच्चन र रणबीर सिंहले सर्वोत्कृष्ट अभिनेताको अवार्ड संयुक्त रुपमा पाएका छन् । दीपिका पादुकोणे सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

शाहरुख खान, सलमान खान जस्ता ठूला स्टारलाई पछि पार्दै रणबीरले बाजीराव मस्तानीबाट अवार्ड पाएका हुन् । पिकुबाट अमिताभ बच्चनले पनि सर्वोत्कृष्ट नायकको अवार्ड पाए भने सोही फिल्मबाट दीपिका पादुकोण सर्वोत्कृष्ट घोषित भइन् । पिकु र तमाशाबाट पिपुल च्वाइसको अवार्ड पनि दीपिकाले नै हात पारिन् ।

सलमान खान अभिनित बजरंगी भाइजानले सर्वोत्कृष्ट फिल्मको अवार्ड पायो भने तलवारले जुरी च्वाइस अवार्ड पाएको थियो । तलवारबाटै इरफान खानले सर्वोत्कृष्ट अभिनेताका लागि जुरी च्वाईस अवार्ड पाए ।

बजरंगी भाईजानका निर्देशक कबीर खानले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए भने सर्वोत्कृष्ट पपुलर अवार्ड शाहरुख खानले पाए । हषर्ाली मल्होत्राले बजरंगी भाइजानवाट सर्वोत्कृष्ट वालकलाकारको अवार्ड जितिन् । तनु वेड्स मनु रिटन्र्सबाट दीपक डोबरियालले सहअभिनेताको अवार्ड पाए ।

हलिउडमा समेत प्रभाव छाड्न सफल पि्रयंका चोपडाले बाजीराव मस्तानीबाट सहअभिनेत्रीको अवार्ड पाइन् । शाहरुख-काजोलको जोडीलाई दिलवालेका लागि सर्वोत्कृष्ट जोडीको अवार्ड दिइएको उक्त कार्यक्रममा ऋषी कपुरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

बजरङ्गी भाइजानले सर्वोत्कृष्ट कथा र पिकुले सर्वोत्कृष्ट संवादको अवार्ड पाएको थियो । कार्यक्रममा बलिउडका चर्चित कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

चलचित्र ‘चे’ सिक्किमको विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै

 १४ जनवरीमा हिगाउँमा प्रदर्शन हुने काठमाडौ । लिम्बू कथानक चलचित्र ‘चे’हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन...